News Portal

रेडियो नेपालका तत्कालीन दैलेख संवाददाता डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

हिमालीसंचार संवाददाता
५२९ पटक

भक्तबहादुर शाही,
दैलेख – दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरीलाल पुनलाई प्रहरीले गएको सोमबार घरबाटै पक्राउ गरेको हो।

पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई पक्राउ गरेर मंगलवार जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए।

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो। फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो। न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले तत्कालीन अवस्थामा पक्राउ परेका पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महिना १ दिन जिल्ला कारागारमा थुनामा रहेका थिए।

थुनामा रहेको अवस्थामा पुनले तत्कालिन पुनरावेदन अदालत सुर्खेतबाट बन्दी प्रत्यक्षीकरण अनुसार थुनामुक्त भएका थिए। पुनरावेदन अदालत सुर्खेतको आदेशमा थुनामुक्त भइसकेपछि जिल्ला न्यायाधीश श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेको थियो।त्यसयता उनी फरार रहेको खुलाएको र ४ महिना २९ दिन कैद भुक्तान बाँकी रहेकाले पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

(पत्रकार थापाकाे फाइल तस्विर)

पत्रकार थापाको श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्य ज्यान मुद्दामा ९ जना माओवादी कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि तत्कालिन अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपनि ५ जनासँगै पुन पनि पुर्पक्षका लागि थुनामा रहेका थिए।

अन्य ४ जना भने जिल्ला अदालतबाट भएको फैसला अनुसार कैद भुक्तानी गरी मुक्त भैसकेका छन् तर, पत्रकार थापाको हत्यामा संलग्न मुख्य व्यक्ति हालसम्म पक्राउ परेका छैनन्। पत्रकार थापाको हत्याका मुख्य अभियुक्त ठहरिएका अरुण भनिने बमबहादुर खड्का १ वर्षअघि पक्राउ गरी पुर्पक्षका लागि थुना रहेका छन् भने, अन्य ३ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।

जिउँदै खाल्डोमा गाडिएका थिए थापा !

२०६१ साउन २७ गते नौमुलेको द्धारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरि जिउँदै खाल्डोमा गाँडेको यस अघि सजाय भोगिसकेका थापा हत्या आरोपित लच्छीराम खत्रीले बताएका थिए। स्थानिय पत्रकारको लामो खोजी र संघर्षपछि वल्ल २०६५ को वर्षायाममा नौमुले गाउपालिकामा पर्ने साविकको द्धारी गाविस–१ मा रहेको नेरा निमावि नजिकको जंगलवाट पत्रकार थापाको कंकाल मात्रको शव उत्खनन्पछि फेला परेको थियो।

खानेपानी वार्ता गर्न बोलाएका तत्कालिन रेडियो नेपाल दैलेखका संवाददातालाई माओवादी कार्यकर्ताले ०६१ साउन २७ गते द्धारी गाविस-१ मा हत्या गरी पत्रकार थापाको ४ वर्षसम्म शव लुकाएका थिए।

द्धन्द्धको समयमा दैलेख सदरमुकाममा आउने खानेपानीको पाइप लाइन काटी दिएपछि २०६१ असार १२ गते नेकपा माओवादीले खोनपानीको विवाद मिलाउन भन्दै बोलाइएका रेडियो नेपालका संवाददाता थापालाई साउन २७ गते हत्या गरेका थिए।

अपहरणपछि हत्या गरिएका थापाको शवसमेत माओवादीले वेपत्ता पारेका थिए। नेपाल पत्रकार महासंघ शाखा कार्यालय दैलेखको पहल र मानवअधिकारवादीको सक्रियतामा ०६४ भदौंमा थापाको शव उत्खनन गरेर पिडित परिवारलाई दिइएको थियो।

थापाको दाहसंस्कारपछि पत्नी लक्ष्मीले तत्कालिन कट्टि गाविसका बमबहादुर खड्का (मुक्ति) छिउडीपुसाकोटका केशव बहादुर खड्का, बमबहादुर खड्का र द्धारी गाविसका लक्षीराम घर्ती मगर गरि ४ जना विरुद्ध १४ भदौं ०६४ मा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...