News Portal

नेपाल वायुसेवा निगमको चार्टर उडानमार्फत भिसा नभएका ७ जना नेपाली यात्रु हङकङ आइपुगे

हिमालीसंचार संवाददाता
५१४ पटक

हङकङ/युवा राई – निगमको चाटर्स मार्फत हङकङ आएका यात्रुको कोरोना जाँचको पीसीआर रिपोर्टका नतिजा फरक परेपछि चार पटकसम्म हङकङ उडानमा प्रतिबन्ध खेपेको नेपाल वायुसेवा निगमको जहाजबाट भिसा नभएका ७ जना नेपाली हङकङ आइपुगे पछि निगमलाई अर्को समस्या थपेको छ।

निगमको उडान मार्फत लकडाउनका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि फरकफरक समयमा भएका तीन वटा चार्टर उडानमार्फत भिसा नै नभएका ७ जना नेपाली यात्रु आएको भन्दै हङकङको अध्यागमन कार्यालयले निगमलाई स्पष्टीकरण सोधेको छ ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले निगमलाई सोधेको स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नभएमा प्रतियात्रु १० हजार हङकङ डलर नेरु. १ लाख ५१ हजार रुपैयाँका दरले करिब साढे १० लाख रुपैयाँ जरिवाना तिराउने उल्लेख गरेको छ । उच्च स्रोतका अनुसार, भिसा नभएका नेपालीलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालय र निगमको यात्रु सेवा विभागका कर्मचारीको मिलेमतोमा पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘हङकङको अध्यागमन कार्यालयले निगमको हङकङ स्टेसनलाई यात्रुको नामसहितको विवरण पठाउँदै स्पष्टीकरण पत्र पठाएपछि थाहा पाइयो,’ काठमाडौंस्थित निगम स्रोतले भन्यो, ‘हङकङ स्टेसनले त्यहाँको स्टेसनलाई सोधेको स्पष्टीकरण काठमाडौं मुख्यालयमा सर्कुलर गरेपछि यो विषय सार्वजनिक भएको हो ।’ निगमको हङकङ स्टेसनले उताको सरकारको पत्रसहित यात्रु पठाउँदा नियम कडाइका साथ पालना गरेरमात्रै पठाउन भनेको छ

यस विषयमा सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउन निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले निर्देशन दिएको विमानस्थलमा रहेको यात्रु सेवा विभागका निर्देशक जनकराज कालाखेतीले बताए । उनले यसबारे अध्ययन भइरहेको बताउँदै चाँडै प्रतिवेदन महाप्रबन्धकलाई बुझाइने बताए ।

निगमका अधिकारीका अनुसार बिनाभिसा नेपालबाट जानेमा ३ पुरुष र ४ महिला छन् । ‘३ जना १८ वर्षमुनिका पुरुष र ४ जना हङकङ आईडीवाहक नेपालीका पत्नीहरू छन्,’ अधिकारीले भने । उनीहरू सबै हाल हङकङमै छन् । ७ जना सबै आईडीवाहकका आश्रित परिवारजन भएको देखिएको छ । निगमका ती अधिकारीका अनुसार, यात्रुहरू काठमाडौंका ट्राभल एजेन्सीबाट निगमका उडानको एकतर्फी टिकट खरिद गरेर हङकङ पुगेका हुन् ।

‘भिसा नभएका यात्रुलाई कुनै पनि वायुसेवाले बोर्डिङ पास नै जारी गर्न मिल्दैन,’ स्रोतले भन्यो, ‘यसमा ती यात्रुलाई बोर्डिङ पास दिलाउने निगमका कर्मचारी र त्यस दिन विमानस्थलको अध्यागमन कार्यालयमा पासपोर्टमा छाप लगाउने कर्मचारीहरूको मिलेमतो देखिन्छ ।’ यस विषयमा विमानस्थलमा रहेको अध्यागमन कार्यालयका प्रमुख गौलोचन सैंजूले कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

निगमको हङकङ कार्यालयले चार्टर उडान सुरु नहुँदै काठमाडौंबाट उड्नेसँग त्यहाँको भिसा अनिवार्य हुनुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र, १४ दिन होटल क्वारेन्टाइनको बुकिङ र आफू स्वस्थ रहेको स्वघोषणापत्र भरेको विवरण हुनुपर्ने नियम भएकाले त्यस्ता यात्रुलाई मात्रै पठाउन परिपत्र गरेको थियो । तर, निगमको विमानस्थलस्थित कार्यालयले उक्त परिपत्रको नियम उल्लंघन गर्दै भिसा नभएका नेपालीलाई पठाएको खुलेको हो ।

निगमको उडान मार्फत मंसिर १५ गते पीसीआर नेगेटिभ भएको प्रमाणपत्र बोकेर गएका ५ जना यात्रुमा पुनः हङकङ विमान स्थल डेक्समा जाँच गर्दा पोजिटिभ देखिएपछि निगमको उडान दुई साताका लागि रोक लगाइएको छ । निगमले काठमाडौं हङकङ उडान २२ दिनपछि आगामी सोमबार पुनः सुचारु गर्दै छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...