News Portal

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै वडामा, एउटै बजेट : उस्तै भवन

हिमालीसंचार संवाददाता
३९५ पटक

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक वडामा एउटै किसिमका वडाकार्यालय भवन निर्माण गर्ने लक्ष अनुसार सबै वडामा, एउटै बजेट : उस्तै भवन निर्माण भएको छ।

अहिलेसम्म साविकको गाविसको पुरानो भवनबाट वडाकार्यालय सञ्चालन हुँदैआएको थियो । नगरका पुराना संरचनाका सबै वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ वटा वडाहरुमा ‘एउटै बजेट र एकै किसिम’का भवन निर्माण गर्ने भएको हो ।

नगरका वडा नं १३ नूनथलाको वडाकार्यालयको भवन शुक्रबार र वडा नं १२ जालपाको नवनिर्मित वडाकार्यालयको भवन शनिबार हस्तान्तरण गरेको छ । निर्माण कम्पनीले सम्पूर्ण काम सम्पन्न गरेपछि नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले नगरका सबै वडा कार्यालय भवन उद्घाटन गरेका छन्। 

प्रत्येक वडाकार्यालय १ सय जना अट्ने सभाकक्ष तथा वडाध्यक्ष, वडासचिव र वडा कार्यसमितिका सदस्य बस्ने चारकोठे भवन निर्माण गरेका हुन् । निर्माण कम्पनीले नगरपालिकालाई भवन हस्तान्तरण गरेलगत्तै वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन् । नाछिरिङ कन्स्ट्रक्शनले आउदो पुस मसान्तसम्ममा पूरा गर्नुपर्ने भवन समय अगावै पूरा गरेको जालपाका वडाध्यक्ष विकास राईले जानकारी दिए ।

यस कार्यक्रम अन्तर्गत पाँच वर्षे आवधिक योजनामा उल्लेख भएको लक्ष्यअनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माणको काम अघि बढाइएको थियो । पक्की भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाहमासमेत सहज भएको बताइएको छ।

नगरपालिकाका बाँकी ९ वडामा पनि वडा कार्यालय भवन निर्माण धमाधम भइरहेको नगरप्रमुख रिजालले जानकारी दिए ।  तीमध्ये वडा नं १ दिक्तेल र वडा नं ४ खाल्लेको भवन निर्माणको काम भने अन्यको तुलनामा सुस्त देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार आउदो पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता छ। सुविधा सम्पन्न र व्यवस्थित भवन नभएका वडामा भवन निर्माणका लागि नगरपालिकाले प्रतिवडा ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो ।

कतिपय भवन त्यसभन्दा कम बजेटमा निर्माण भइरहेको जनाइएको छ । जालपाको भवन ४७ लाख रुपैयाँमै बनेको वडाध्यक्ष राईले जानकारी दिए। वडा नं  ३ बाम्राङ, वडा नं ५ लफ्याङ, वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा भने पहिल्यै सुविधा सम्पन्नका वडा कार्यालय सञ्चालनमा आएको थियो। 

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...