आज : २०२६-०६-२४, बुधबार

गजुरमुखी मोतीदान जेभिले निर्माण गरेका युईङ वालमा लापरवाही

रबिन्द्र बराल/मोरङ – मोरङको बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण कार्यमा  गजुरमुखी कम्पनीका ठेकेदारले काममा लापरवाही गरिरहेको पाइएको छ। जग बलियो भए घर बलियो हुन्छ भन्ने सबै लाई थाहा छ र सोही अनुरुप सबै सर्वसाधारणहरुले आफ्नो घर बनाउदा घरको जग राम्रो बनाउने चहाना हुन्छ र बलियो बनाउने गर्द छन ।

ठेक्केदारहरुले सडक निर्माणमा कल्भट र वालमा निर्माण गरेता पनि सानो लापरबाहीले बनाएको वाल वा युईङ वालमा भने पानी नहालेको भेटिएको छ।  गजुरमुखी मोतीदान जेभिले  हुलाकी सडक अन्तर्गत मोरङको सुनवर्सि नगरपालिकाको झिङ्गिटोल वीपी आस्रम नजिकै  अहिले ठाउँ ठाउँमा  कल्भट निर्माणकार्य द्रुतगतिमा काम गरिरहेको छ ।  

ठेक्केदार कम्पनीले निर्माण गरिरहेको युईङ वाल निर्माण गरेता पनि वालमा ५ दिनदेखि साता दिन सम्म क्युरिङ पानी हाल्नु पर्ने भएता पनि निर्माण भएको साता दिन बितिसक्दा समेत युईङ वालमा भने एक थोपा पनि नहालेको र वाल पुरै सुख्खा भएको पाईएको छ ।  

यता हुलाकी सडकका साईड ईन्जिनियर शिव राम देवका अनुसार पानी हाल्नु पर्ने हुन्छ र युईङ वालमा पानी बिहान बेलुका हालिएको  बताए। बिहान बेलुका पानी हालिएको वाल यस्तो सुख्खा हुन्छ त ? तपाईं हामी सोझै अनुमान लगाउन सक्छौ पानी हालेको या नहालेको भनेर यसरी ठेक्केदार र ईन्जिनियरले दिउँसै राति पार्यो भनेर कसैले विश्वास गर्ने स्थानीय बताउँछन ।    

रतुवा डाइनिया रंगेली सेक्सन अन्तर्गत शून्य किमीदेखि १६+५०० किमी सम्मको खण्ड कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनीको दुई खण्डमा गरी सो सडक खण्डको कालोपत्रे गर्न ७७ करोड ६७ लाख ६५ हजार ८ सय ४२ रुपैयाँ  ठेक्का पाएको छ।