आज : २०२६-०६-२४, बुधबार

बम विस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

उदयपुर– उदयपुरको धाप्लाङटारमा रहेको कञ्जनजंधा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको एक कार्यकर्ता पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार ३२ वर्षीय पवन राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी पूर्व माओवादी लडाकु पनि हुन् ।

सोमबार राती उद्योगका सुरक्षा गार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको दाहालको भनाई छ । क्रसर उद्योगमा उनले सुतली बम विस्फोट गराएका थिए। बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटर सहित पेट्रोलको ड्रममा क्षति हुँदा १ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जंगल आसपास बम विस्फोट गराउनेको तीव्र खोजी गर्ने क्रम अहिले पनि जारी राखेको प्रहरीले जनाएको छ ।