News Portal

बालविवाह गर्न लाग्दा मण्डपबाटै बेहुला पक्राउ

हिमालीसंचार संवाददाता
३२४ पटक

रौतहट – रौतहटको गरुडा नगरपालिका–५ स्थित शिव मन्दिरमा नाबालिकासित विवाह गर्न लागेका बेहुलालाई रौतहट प्रहरीले मंगलबार मण्डपबाटै पक्राउ गरेको छ । बेहुलासहित विवाह गराउने पण्डित र आफन्तहरु पनि पक्राउ परेका छन् ।

शिव मन्दिरमा माधोनारायण नगरपालिका–६ की १५ वर्षीया बालिकासित विवाह गर्न लागेका इशनाथ नगरपालिका –३ औरैयाका २२ वर्षीय बेहुला मुकेश गिरीलाई मण्डपबाटै पक्राउ गरिएको इलाका प्रहरी गरुडाका डिएसपी रवि रावलले बताए । ‘केटा पक्षले केटी पक्षलाई प्रलोभनमा पारेर बालविवाह गर्न लागेको रहेछ,’ उनले भने, ‘उमेरै नपुगी बालविवाह गर्नेलाई जिल्लाले कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।’

गरुडा प्रहरीले पक्राउ गरेका बेहुलासहित ६ जनालाई सदरमुकाम गौरस्थित जिल्ला प्रहरी पठाइसकेको छ । प्रहरीले विवाह मण्डपबाट बेहुलाका बुबा रामसागर गिरी, आफन्त राम श्रेष्ठ गिरी र विवाह गराउने पण्डित कपिलदेव चौवेलाई विवाह हुँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । बेहुला र नाबालिका पक्ष गरी ६ जना पक्राउ परेको प्रहरीले जनायो । प्रहरीका अनुसार बालिकाको उमेर १५ वर्ष रहेको छ । अभिभावकले भने उनको उमेर १८ वर्ष भएको दाबी गरेका छन् ।

बालिकाको घरको आर्थिक स्थिति कमजोर भएकाले उनको बिहे गरेर पठाउन लागेको आफन्तले प्रहरी समक्ष बताएका छन् । मुकेशले १२ कक्षा पास गरेका छन् । उनी बोल्न र सुन्न सक्दैनन् । जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बालविवाह गराउनेहरुलाई थप अनुसन्धान पछि मुद्दा चलाउने तयारी भइरहेको बताए । ‘बालिकालाई ललाइफकाइ विवाह गराउनु कानुनी रुपमा दण्डनिय छ ।  उनले भने, ‘यस्तो हर्कत गर्नेहरुलाई कानुनी कारबाही गर्नुपर्छ ।’

मुलुकी अपराध संहिता ऐन २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष पुग्नु पर्छ भनेको छ । उमेरै नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । कसैले कानुन विपरीत विवाह गराएमा वा भएमा स्वत बदर र त्यस्तो कसुर गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । गरुडा प्रहरीले विभिन्न समुदायका पण्डित, धर्मगुरुहरुको नाम संकलन गरेर बालविवाह नगराउन अनुरोध गर्न लागेको छ । यसका लागि पण्डितहरुको नामावली संकलन गर्ने काम भइरहेको डिएसपी रावलले सुनाए ।

 

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...