News Portal

चिहानका रातहरू

हिमाली सञ्चार संवाददाता
८९४ पटक

~ तपिकुमार सिंह ठकुरी

साहेद हुन सक्छ, बेलुकीको अन्त्य होला चरी-वरीहरूले बाँसको रुखहरूमा ”क्यार… क्यार… कुरकुर…” को आवाज चर्को थियो । त्यहि भएर होला दिनभरको थकानलाई साथीभाई माँझ- एक आपसमा भलाकुसारी गरेको । दिनभरीको भागदौडीमा साँझपख आफन्त जनसंगको संगमले होला हर्षित आवाजमा साना बचेराहरू अलिक चर्को आवाजमा चिच्याईएको…। फाटफुट झ्याउँकिरीहरु ले पनि दुलो को मुखैमा आएर सर्तकका साथ ”स्यारस्यार… सुर्र… सुर्र …”गर्न थाली सकेको पाईन्थ्यो । सन्ध्या सांझको परिचय दिदै इनरु चम्कदै थिए ।

मान्छेको यूगौ देखिको आत्मीय पहरेदार कुकुर पनि रातको सुरुवाती पहरा बडो जोरका साथदिई रहेको देखिन्थ्यो…’ भुक्क … भुक्क… ‘गरेर सारा गाँउ-बस्तिहरुलाई नै थर्कमान बनाउदैथे हुनसक्छ,मेलापात या टाढैबाट घरमा आउदै गरेका अवेर बटुवाहरूलाई सहास थपेको देखिन्थ्यो । कता कता लाटो कोसेरीले पनि चिच्याउँदै हौसला हो की डर थप्दै ‘कुरुरु रु…’ गर्दा शरिरभरि अचम्मको काँडाँ सिंरीङ्ग भएर अगाडी पछाडी हैर्दे अर्ध गाढा कालो रातमा बटुवा दौडदै आफ्नो घर तीर बढेको देखिन्थ्यो ।

संग्राम सिंह भने मदिरापानको संसारमा चुर्लुम्म डुवेको हुदा उ नसाको संसारमा आफै मस्तसंग मदीराको रसभोग मा रस बिनोद लिई डुबिरहेको थियो । उलाई यो संसार को कुनै वास्ता थिएन । आफै एक्लै बरबराउदै फतफताउदै कालो रात्रीको यात्री थियो । उस्लाई उज्यालो देखि र शिक्षित अनि धनि मान्छेहरू देखेर कन्चटा तात्तेर आउथ्यो । प्राय:जसो एकान्तमा हिड्ने बानी थियो ।

गाँउमा आउँदा सबैले बहुला भनेर लखेट्ने गर्दथे, ढुंगा मुढा जे पायो त्यहि प्रहार गरेर शरिर पुरै रक्ताम्यै बनाउथे । तरै पनि उ यो स्वार्थि संसार देखि बिरक्तिएको भने थिएन I जन्मजात मै संग्राम सिंह यस्तो थिएन । राम्रो घर घरयान को छोरा थियो । हुन त समाजले जड्याहा भनेर तृष्कार गरेतापनि बास्तविक को धरातलमा डुवे पछि मात्र जड्याहा बन्नुको मतलव बुझ्न या त बुझाउन सकिन्छ ।

– सिम्ता गाउँपालिका वडा न. – ४, सुर्खेत
हाल : भारत

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...