News Portal

बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको ज्यान गयो

हिमालीसंचार संवाददाता
३९७ पटक

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगीसमेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उहाँका कार्यालय सहयोगी बम आक्रमणमा मारिनु भएको बताउनुभयो।

दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिनुभयो। आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ। प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताउनुभयो।

उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन तर, अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन्। हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरहरुमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ।

मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन्। गत नोभेम्बर महिनामा मात्र झण्डै ४४ जनामाथि भएका व्यक्ति–लक्षित आक्रमणमा ज्यान गइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...