✍ ॠतु सिंह
हेर त शिशिर,
तिम्रा स्वतन्त्रता
खोस्न चाहने
यी कलमवीरहरु
जुर्मुराए र जुर्मुराउदै छन्
अझ पनि !
स्वतन्त्रताको हक
थाहा छ नी
कलमवीर हो ?
स्वतन्त्रता !
स्वतन्त्रतामा आनन्द, उदारता
तथा अन्य मानवीय मूल्यहरु फूल्दछन्
जसरी
यी फूलहरु फूलेका छन्
यदि तिमीमा स्वतन्त्रता छैन भने
कल्पना रोकिन सक्छ,
प्रवृत्ति निस्सासिन सक्छन्,
धारणाहरु बोझ बन्न सक्छन् र
जानकारीहरु अनुपयोगी हुनसक्छन् ।
त्यसैले
ए कलमवीरहरु हो
त्यो स्वतन्त्रतालाई सम्मान गर
जो निस्वार्थ, सत्य र न्यायिक छ
जो तिमीलाई दिएको छ।
चितवन, भरतपुर।