News Portal

मोरङको धनपालथानबाट जर्बरजस्ती करणी मिलापत्र गराउने ६ पक्राउ

हिमालीसंचार संवाददाता
४०६ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको धनपालथान गाउँपालिका-५, स्थित जर्बरजस्ती करणीको घटना मिलापत्र गराउने ६ जनालाई रंगेली प्रहरी पक्राउ गरेको छ। 

विस २०७६ साल भदौ २४ गते धनपालथान -५, स्थित जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्तले नै पोल खोलेपछि  मिलापत्र गराउने ६ जनालाई रंगेली प्रहरीको नियन्त्रणमा लिएको हो । 

प्रहरीले आरोपित बेलबारी–८ का सुरेशकुमार खवासलाई मंसिर १९ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा पीडितलाई पाँचलाख रुपैँया दिएर मिलापत्र गराएको खुलेपछि मिलापत्र गराउन संलग्न ६ जना समेत पक्राउ  गरेको रंगेली प्रहरीले जनाएको छ । 

मिलापत्र कागज गराउन संलग्न मोरङ धनपालथान -५ को एक ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेको प्रहरीले जनाएको छ।

धनपालथान–५ मा रहेको आफ्नै धान खेतमा मल छरिरहेको  समयमा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेशले सुनवर्षीकी २१ वर्षीया महिलालाई जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । 

अराोपित खवासको खेत धनपालथानमा रहेकोले त्यहाँ उनी धानमा मल छर्न आएको बखत सुनवर्षी (२१) लाई जर्बरजस्ती करणी गरेको  पीडित महिलाले इलाका प्रहरी कार्यालय रंगेलीमा  असोज २६ गते जाहेरी दिइएकी थिइन् । पीडितको जाहेरी परेसँगै आरोपित सुरेशकुमार खवास फरार भएका थिए । फरार रहेका खवासलाई  मंसिर १९ गते रंगेली–७ बजारबाट क्षेत्रबाट पक्राउ गरेको र अरुलाई उनीहरुको घरबाट पक्राउ गर्न सफल भएको हो ।

 आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमा नै मिलापत्र गराएको खुलेको र पीडित पक्षलाई पाँच लाख रुपैँया दिएर मिलाउन गराएको अभियुक्तकै वयानबाट खुलेपछि प्रहरीले मिलापत्र कागज समेत बरामद गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...