News Portal

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१, आवेदन फारम खुल्ला

हिमालीसंचार संवाददाता
६५५ पटक

काठमाडौँ – मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” गरिने भएको छ।

“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” यहिं आउँदो माघ महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिका अध्यक्ष रोशन पोखरेलले बताए। अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ भने, माघ १५ गते सम्म फारम भरिने जानकारी गराईएको छ।

जसका लागि २०१९ जनवरीदेखि २०१९ डिसेम्बरसम्मका गीत संगीतहरुलाई समाबेश गरिने भएको छ भने, नवप्रतिभाको हकमा २०१९ भित्र गीत निकालेको हुनुपर्नेछ। क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष एवम् संचारकर्मी रोशन पोखरेल रहेका छन् भने, अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन्।

उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि), भेग बिसेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चरलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने छ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने, नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ। “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गरेर आवेदन फर्म भर्न सक्ने बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...