News Portal

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१, आवेदन फारम खुल्ला

हिमालीसंचार संवाददाता
६७१ पटक

काठमाडौँ – मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” गरिने भएको छ।

“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” यहिं आउँदो माघ महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिका अध्यक्ष रोशन पोखरेलले बताए। अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ भने, माघ १५ गते सम्म फारम भरिने जानकारी गराईएको छ।

जसका लागि २०१९ जनवरीदेखि २०१९ डिसेम्बरसम्मका गीत संगीतहरुलाई समाबेश गरिने भएको छ भने, नवप्रतिभाको हकमा २०१९ भित्र गीत निकालेको हुनुपर्नेछ। क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष एवम् संचारकर्मी रोशन पोखरेल रहेका छन् भने, अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन्।

उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि), भेग बिसेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चरलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने छ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने, नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ। “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गरेर आवेदन फर्म भर्न सक्ने बताईएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...