News Portal

प्रमाणपत्रबिनै निमित्त प्रशासकीय अधिकृतले गरे आफ्नै छोरीलाई सिम्ता गाऊँपालिकाको सव-ईन्जिनयरमा नियुक्त

हिमालीसंचार संवाददाता
१३६७ पटक

सुर्खेत – सव-ईन्जिनियर पदका लागि आवश्यक प्रमाणपत्र विनै गाउँपालिकाले नियुक्ति गरेको पाइएको छ। सुर्खेतको सिम्ता गाउँपालिका कार्यालयमा विमला रानालाई ‘रिजल्ट वेइटिङ’ पत्रको आधारमा नियुक्ति गरिएको हो। ‘रिजल्ट वेइटिङ’ भन्नाले परिक्षामा सहभागी भएको तर, नतिजा पास वा फेल भन्ने एकिन नभएको जानकारी पत्र हो।

यद्यपी, सोही पत्रलाई नै आधार मानी गाउँपालिकाले रानालाई नियुक्ति गरेको हो। गाउँपालिकाले रानालाई प्राविधिक शाखाको सहायक स्तर पाचौं तह (सव ईन्जिनियर) पदमा ज्यालादारीमा नियुक्ति गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर रानाले बताए।

सवईन्जिनियर राना निमित्त प्रमुख प्रशासकीय अधिकृत रानाकै आफ्नै छोरी हुन्। अधिकृत रानाले रिजल्टको पर्खाइमा रहेकी छोरीलाई सोझै नियुक्ति गरेको स्वीकार गरेका छन्। रानाका अनुसार कानुनी प्रकृयाभन्दा पनि व्यवहारिक रूपमा छाेरीलाइ नियुक्ति गरेकाे बुझिन्छ।

रानाले सव ईन्जिनियर पदका लागि विज्ञान विषयमा प्रमाणपत्र तह उर्तीणका प्रमाणपत्र पेश गरेकी छन्। यद्यपी, प्राविधिक तर्फको सव ईन्जिनियर पदमा नियुक्ति हुनका लागि सिभिल ईन्जिनियरिङ्ग विषयमा डिप्लोमा तह अनिवार्य पास गरेको हुनुपर्छ। तर राना पास हुने वा नहुने भन्ने एकिन छैन।

रानाले राप्ति ईन्जिनियरिङ्ग कलेजद्वारा प्राप्त रिजल्ट पखाईको पत्र (वेइटिङ लेटर) पेश गरेकी छन्। उक्त पत्र अनुसार रानाको शैक्षिक वर्ष सन् २०१५ रहेको छ। कलेजका प्रिन्सिपल रेशम गिरीका अनुसार राना सिभिल ईन्जिनियरिङ्ग विषयमा पास भएकी छैनन्।

यो भन्दा अगाडि पनि बिना बिज्ञापनै नियुक्ति गरेकोले सिम्ता गाऊँपालिका पटकपटक विवादमा पर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...