News Portal

  • खोटाङको केपिलासगढी गाउपालिका जरंखा स्थित १५ शैयाको आधारभुत अस्पताल शिलन्यास

    स्थानीय भिमकेसर गुरुङ र कर्ण बहादुर गुरुङले करिब निःशुल्क नौ रोपनी जग्गा प्रदान

    हिमालीसंचार संवाददाता
    ३४४ पटक

    खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका-४ बाक्सिला जरङखा स्थित १५ शैयाको आधारभुत अस्पतालको बौध धार्मिक परम्परा अनुसार मंगलबार प्रतिनिधि सभा सदस्य सांसद विशाल भट्टराई र प्रदेश सभा सदस्य सांसद राजन राईले अस्पताल भवनको संयुक्त शिलन्यास गरेका छन् । 

    स्थानीय स्तरमा आधारभुत आवश्यकताको सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारले देशव्यापी निर्माण गर्न लागेको अस्पताल मध्ये केपीलासगढीमा यही २३ गते मंगलबार शिलन्यास गरेको हो। केपिलासगढी-४ बाक्सिला जरङखाका स्थानीय भिमकेसर गुरुङ र कर्ण बहादुर गुरुङले निःशुल्क करिब नौ रोपनी जग्गा प्रदान गर्नु भएको जग्गामा अस्पताल बन्न लागेको हो । 

    बौध धर्मका प्रमुख लामा नवराज लामाले शुभमन्त्र उच्चारण सहित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईले अस्पाताल जस्तो जनताको प्रत्यक्ष सरोकार राख्ने सँस्थाको शिलन्यास गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उनले यस्तो महत्वपुर्ण कार्यकालागि निःशुल्क करिब नौ रोपनी जग्गा प्रदान गर्नु हुने स्थानीय समाजसेवि भिमकेसर गुरुङ, कर्णबहादुर गुरुङ र लक्ष्मी गुरुङप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् । यस्तै अस्पताल सम्म सडक पु¥याउन निःशुल्क जमिन उपलब्ध गराउने डिकबहादुर गुरुङ र धनकुमारी गुरुङ प्रति पनि आभार व्यक्त गरेका छन् ।

    सांसद भट्टराईले प्रत्येक नागरिक सामान्य उपचारको अभावमा मर्न नपरोस भनेर सरकारले देशैभरी अस्पताल निर्माण गर्ने अभियान शुरु गरेको कार्यक्रममा बताएका थिए । उनले विश्वमा फैलिदो कोभिड १९ का कारण मुलुकको अर्थतन्त्रमा केही संकुचन आएपनि सरकाले जनमुखी कामकालागि निरन्तर नयाँ र प्रभावकारी कार्यक्रमहरु ल्याईरहेको दावि गरेका छन् । उनले सरकारले केही गरेन भन्नेहरुप्रति लक्षित गर्दै अस्पतालहरुको एकसाथ शिलन्यास गर्नु विरोधी मानसिकता राख्नेहरुका लागि गतिलो जवाफ भएको बताए ।

    यस्तै खोटाङ जिल्ला प्रदेश (क) का प्रदेश सभा सदस्य सांसद राजन राईले सम्पतीका लागि मरिहत्ते गरेर लागिरहने अहिलेको समाजमा जग्गादाता गुरुङ परिवारले निःशुल्क जग्गा प्रदान गरेर चुनौति दिएको बताएका छन् । कार्यक्रमका विशेष अतिथि रहेका राईले केपिलासगढीमा आधारभुत अस्पताल बनेपछि साधरण बिरामी परेर अकालमा ज्यान जाने समस्याको समाधान हुने विस्वास व्यक्त गरेका छन् । जरंखामा १५ शैयाको अस्पताल निर्माण हुनु गौरबको विषय भएको भन्दै सबै तहको सरकारले यस आयोजनाकालागि सक्दो सहयोग गर्नु पर्ने उनको भनाई रहेको थियो।

    उनले नेपालको राजनीतिक परिवर्तनसँगै जनताको जनजीविकासँग जोडिएका ४ वटा महत्वपुर्ण जनमुखी कामहरु सरकारको तर्फबाट भएको बताए । उनले राजनीतिक परिर्वतनसँगै कम्युनिष्ट सरकार बनेपछि ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रमबाट विकास निर्माणको काममा जनता प्रत्यक्षरुपमा जोडिएको बताएका हुन् । 

    यस्तै ‘जनता स्वास्थ्य विमा’ कार्यक्रम अर्को जनमुखी कार्यक्रम रहेको उनको भनाई थियो । सरकारले ल्याएको फुस या खरको छाना विस्थापन कार्यक्रम अर्को जनमुखी कार्यक्रम रहेको उनको भनाई रहेको रहेको थियो । यस्तै, देश व्यापी अस्पताल निर्माण गर्ने अर्को यो कार्यक्रम अर्को महत्वपुर्ण र जनसरोकारको विषयसँग जोडिएको कार्यक्रम रहेको उनको दावि रहेको थियो ।

    कार्यक्रममा समाजसेवि तथा नेकपा केन्द्रिय अनुशासन आयोगका सदस्य कर्ण घलेले राजनीतिक जीवनमा यस्तै खुशीको दिन हेर्ने चाहानाका साथ कम्युनिष्ट आन्दोलनमा लागेको बताए। निर्विकल्प जनताको मुक्ति यी र यस्तै जनसरोकारका विषयले मात्र दिलाउने उनको भनाई रहेको थियो। 

    यस्तै, नेकपा खोटाङ सचिव राम दंगालले अस्पताल भवन निर्माणको सफलताको शुभकामना दिदैँ नेपालमा कम्युनिष्ट सरकार बनेपछि आएका खुशीको बहार आएको बताए । उनले वर्तमानमा राजनीतिक घटना परिघटनामा आएको उतारचढावले फेरी पनि नया निकास ल्याउने कुरा समेत विश्वस्त भएको बताए।

    कार्यक्रममा जग्गादाताहरुको तर्फबाट बोल्दै जग्गादाता कर्ण गुरुङले आफुले भोगेको विगतले जग्गा दिन उत्साहित बनाएको बताए। उनले आफ्नो आमालाई कुखुराको हड्डी घाँटीमा अड्केर बिरामी हुँदा धामी लगाएको प्रसँग उठाउँदै अस्पतालको आवश्यकताको बारेमा प्रस्टाएका थिए । उनले आफुले गाउँमा रहँदा सुत्केरी हुन नसक्दा अकालमा ज्यान गएकी गाउँकी आफन्तको लास त्यही माथी डाँडामा संस्कारेको भन्दै अब गाउँमा त्यस्तो संकट नआवस भनेर आफ्नो परिवारले जग्गा प्रदान गरेको स्पष्ट बताए।

    कार्यक्रममा केपिलासगढी गाउँपालिका उपाध्याक्ष हिराकुमारी वनगीरी, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा सगठन विभाग प्रमुख समिर राई, नेकपा जिल्ला सचिवालय सदस्य केपिलासगढी पालिका इन्चार्ज गृहबहादुर राई, खेलाडी अर्जुन भक्त राई, रामकाजी राई, लगायले शुभकामना व्यक्त गरेका थिए । 

    गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले स्वागत मन्तव्य राख्दै सरकारले ल्याएको यो कार्यक्रममा सम्पूर्ण कर्मचारीहरुको सकरात्मक भुमिका रहने बताएका थिए । आयोजित कार्यक्रम केपिलासगढी पालिका प्रमुख कृष्णकुमार राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal