News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहमन्त्रीको सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ- ‘शिक्षक हत्यारालाई छिटो समात्नु’

    हिमालीसंचार संवाददाता
    ३१६ पटक

    काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको ‘हत्या अनुसन्धान’ तिव्र पार्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै अपराधीलाई छिटो समात्न निर्देशन दिएका छन्।

    गृहमन्त्री बादलले बुधवार केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ गरेका हुन्। गृह मन्त्रालयमा आयोजित ब्रिफिङमा उनले शिक्षकको हत्यामा संलग्नको खोजी तिव्र बनाउन र पक्राउ गरेर कारवाही गर्न निर्देशन दिएका छन्। 

    मंगलबार मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई सुराक गरेको आरोपमा विप्लवका कार्यकर्ताले हत्या गरेका थिए । हत्याको जिम्मा विप्लव समूहले लिएको छ । बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत सहभागी रहेको थियो।

    सुरक्षा निकायका प्रमुखसँग नियमित ब्रिफिङ भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रवहादुर बुढाले जानकारी दिए। गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरुले पछिल्लो सुरक्षा अवस्थाको बिषयमा जानकारी समेत दिएका थिए । 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २६, २०८२ (जुन ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

    काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७०...

    हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

    भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको...

    ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोकिने कि खुला हुने? संसद्का दुई समितिबीच मतभेद, जलविद्युत कम्पनीहरू दबाबमा

    काठमाडौं, जेठ २५ – नेपालमा सार्वजनिक सेयर निष्कासनको नियमलाई लिएर संसद्भित्रै दुई महत्वपूर्ण समितिहरू —...

    संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

    काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार...