आज : २०२६-०६-२४, बुधबार

मोरङको रंगेली नगरपालिका वडा-६ लबटोलीमा आगोलागी

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका वडा नम्बर-६ लबटोली स्थित मलाङ थानमा आगोलागी भएको छ।

आगोलागी हुदा कति क्षति भयो प्रारम्भिक अनुसन्धान भइरहेको छ । आज बिहान करिब ७ बजे स्थानीय भागिरथ केबरतको  गुवाली र भान्सा  कोठामा  आगलागी हुदाँ  गुवालीमा बाँधिएको एउटा गाई समेत आगोको लप्काले जलेको प्रहरीले जनाएको छ।   

गुवालिमा बालिएको आगोबाट फैलिएको आगोले धर पूर्णरुपमा क्षति पुगेको छ। आगलागीबाट अन्दाजी २५ हजार बराबरको क्षति भएको रंगेली प्रहरीले जनाएको छ ।