News Portal

बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोप सुरु

हिमालीसंचार संवाददाता
३६० पटक

लण्डन – बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोपको कार्यक्रम सुरु भएको छ। बेलायतको स्वास्थ्य मन्त्रालयले गत साता मात्र फाइजर र बायोएनटेकलाई खोप लगाउन स्विकृति प्रदान गरेसंगै “एविसीएन ” अनुसार पहिलो खोप प्राप्तकर्ता ९१ बर्षीय मार्गरेट केननले प्राप्त गरेकी हुन्। 

बेलायतका चर्चित पत्रिका ‘द गार्डियन’ पत्रिकाका अनुसार इंल्याण्ड बाहेक पनि वेल्स र स्कटल्याण्डमा खोप कार्यको सुभारम्भ हुनेछ। उत्तरी आयरल्याण्डले पनि छिट्टै खोप कार्यक्रम लागु गर्ने बताएको छ। तर, दिन तोकेको छैन। ‘द गार्डियन’ पत्रिकाको रिपोर्टअनुसार अहिले नेशनल हेल्थ सर्भिस (एनएचएच) को अगाडि सबैभन्दा ठूलो चुनौती खोप सर्वसाधारण कहाँ पु¥याउने रहेको छ। खोपलाई स्टोरेज गर्ने ठाउँको अभाव देखिन्छ।

एनएचएचका सर्भिस प्रोभाइडर प्रमुख सेफ्रोन कोर्डरीले पहिलो चरणमा ५० अस्पताललाई स्टोरेजका लागि छानिएको बताएका छन्। यहाँ ८ लाख भ्याक्सिनको पहिलो किस्ता बेल्जियमबाट बेलायत पुगिसकेको छ।

बेलायत सरकारले कोरोनाको खोपलाई हतारहतार स्विकृति प्रदान गरेको विषयमा पनि प्रश्न उठेको थियो। तर, सरकारले कुनै कुराको आशंका नगर्न सर्वसाधारणलाई अपील गरिसकेको छ। कोर्डरेले पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यो ठूलो सफलता हो। प्रश्न उठाउनु उचित हुदैन। ठिकै छ, यसले छिटो स्विकृति पायो। तर, भ्याक्सिन पूर्णरुपमा सुरक्षित छ। खोप लगाउने मानिसको हामी निगरानी गर्नेछौं।’

बेलायतले पहिलो चरणअन्तर्गत पहिलो मोर्चामा बसेर कोरोनाविरूद्ध लडाई रडिरहेका स्वास्थ्यकर्मी र बुढाबुढीलाई खोप लगाउने बताएको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...