News Portal

बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोप सुरु

हिमालीसंचार संवाददाता
३९९ पटक

लण्डन – बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोपको कार्यक्रम सुरु भएको छ। बेलायतको स्वास्थ्य मन्त्रालयले गत साता मात्र फाइजर र बायोएनटेकलाई खोप लगाउन स्विकृति प्रदान गरेसंगै “एविसीएन ” अनुसार पहिलो खोप प्राप्तकर्ता ९१ बर्षीय मार्गरेट केननले प्राप्त गरेकी हुन्। 

बेलायतका चर्चित पत्रिका ‘द गार्डियन’ पत्रिकाका अनुसार इंल्याण्ड बाहेक पनि वेल्स र स्कटल्याण्डमा खोप कार्यको सुभारम्भ हुनेछ। उत्तरी आयरल्याण्डले पनि छिट्टै खोप कार्यक्रम लागु गर्ने बताएको छ। तर, दिन तोकेको छैन। ‘द गार्डियन’ पत्रिकाको रिपोर्टअनुसार अहिले नेशनल हेल्थ सर्भिस (एनएचएच) को अगाडि सबैभन्दा ठूलो चुनौती खोप सर्वसाधारण कहाँ पु¥याउने रहेको छ। खोपलाई स्टोरेज गर्ने ठाउँको अभाव देखिन्छ।

एनएचएचका सर्भिस प्रोभाइडर प्रमुख सेफ्रोन कोर्डरीले पहिलो चरणमा ५० अस्पताललाई स्टोरेजका लागि छानिएको बताएका छन्। यहाँ ८ लाख भ्याक्सिनको पहिलो किस्ता बेल्जियमबाट बेलायत पुगिसकेको छ।

बेलायत सरकारले कोरोनाको खोपलाई हतारहतार स्विकृति प्रदान गरेको विषयमा पनि प्रश्न उठेको थियो। तर, सरकारले कुनै कुराको आशंका नगर्न सर्वसाधारणलाई अपील गरिसकेको छ। कोर्डरेले पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यो ठूलो सफलता हो। प्रश्न उठाउनु उचित हुदैन। ठिकै छ, यसले छिटो स्विकृति पायो। तर, भ्याक्सिन पूर्णरुपमा सुरक्षित छ। खोप लगाउने मानिसको हामी निगरानी गर्नेछौं।’

बेलायतले पहिलो चरणअन्तर्गत पहिलो मोर्चामा बसेर कोरोनाविरूद्ध लडाई रडिरहेका स्वास्थ्यकर्मी र बुढाबुढीलाई खोप लगाउने बताएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...