News Portal

हङकङमा नेपाली समुदायबाट पहिलो महिला वकिल

हिमालीसंचार संवाददाता
४६२ पटक

युवा राई/ हङकङ – हङकङमा नेपाली समुदायकी रिगम राईले विगत एक दशकदेखि हङकङ स्थित एक चाइनिज ल फर्ममा कार्यरत नेपाली समुदायकी पहिलो वकील भएकी छिन्।

पूर्वाञ्चल धरानको डिपोर्ट स्कुल पढेकी रिगम राई कक्षा -४ देखि काठमाडौं पानीपोखरीको भानुभक्त मेमोरियल स्कूलमा पढेकी हुन्। राईले त्यसपछि पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा आर्किटेक्टका लागि भर्ना भइन् । काठमाण्डौ पढ्दा-पढ्दै हङकङ आएकी राईले वकालत गर्ने विशेष स्थानमा आफुलाई उभ्याएकी हुन्।

कलिलै उमेरमा हङकङ आएकी राईले “अरु च्वाइस नभएर यो फिल्डमा लागेको बताउछन्। राईले १७ बर्षको उमेरमा रेष्टुरेण्टमा काम गरेको अनुभव, त्यसपछि पैसा वचत गरेर पढाइमा लगानी गरेकी थिइन् । नेपालमा इञ्जिनियरिङ पढेको, हङकङ आएर वेटर काम गर्नुपर्दा साह्रै दुःख लागेको बताउछन् । उनी भन्छिन् “म यस्तो कम्जोर होईन, केही गर्न सक्छु भन्ने धरणा थियो उनी सुनाउँछिन् ।”

हङकङमा आइसकेपछि आईटी क्षेत्रमा जुनियरमा पनि धेरै काम खोजे तर राम्रो काम पाएनन् । काम पाए पनी कमाई नहुने, खर्च मात्र हुने भयो । त्यसपछि उनले कानूनको डिप्लोमा पढ्न शुरू गरें । पढ्न त शुरू गरिन् तर उनीसंग कानूनको कुनै ज्ञान थिएन । त्यसका लागि शब्दकोश हेरेर थाहा पाएको एक युटुब अन्तरबार्तामा बताएकी छिन् । पढ्न पनि शुरू गरिन। त्यसपछि पढाई सक्नै पर्छ भन्ने लक्ष्य राखिन् ।अहिले उनी सफल वकालत गर्ने स्थानमा पुग्न सफल भएकी हुन्। 

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...