News Portal

हङकङमा नेपाली समुदायबाट पहिलो महिला वकिल

हिमालीसंचार संवाददाता
५०२ पटक

युवा राई/ हङकङ – हङकङमा नेपाली समुदायकी रिगम राईले विगत एक दशकदेखि हङकङ स्थित एक चाइनिज ल फर्ममा कार्यरत नेपाली समुदायकी पहिलो वकील भएकी छिन्।

पूर्वाञ्चल धरानको डिपोर्ट स्कुल पढेकी रिगम राई कक्षा -४ देखि काठमाडौं पानीपोखरीको भानुभक्त मेमोरियल स्कूलमा पढेकी हुन्। राईले त्यसपछि पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा आर्किटेक्टका लागि भर्ना भइन् । काठमाण्डौ पढ्दा-पढ्दै हङकङ आएकी राईले वकालत गर्ने विशेष स्थानमा आफुलाई उभ्याएकी हुन्।

कलिलै उमेरमा हङकङ आएकी राईले “अरु च्वाइस नभएर यो फिल्डमा लागेको बताउछन्। राईले १७ बर्षको उमेरमा रेष्टुरेण्टमा काम गरेको अनुभव, त्यसपछि पैसा वचत गरेर पढाइमा लगानी गरेकी थिइन् । नेपालमा इञ्जिनियरिङ पढेको, हङकङ आएर वेटर काम गर्नुपर्दा साह्रै दुःख लागेको बताउछन् । उनी भन्छिन् “म यस्तो कम्जोर होईन, केही गर्न सक्छु भन्ने धरणा थियो उनी सुनाउँछिन् ।”

हङकङमा आइसकेपछि आईटी क्षेत्रमा जुनियरमा पनि धेरै काम खोजे तर राम्रो काम पाएनन् । काम पाए पनी कमाई नहुने, खर्च मात्र हुने भयो । त्यसपछि उनले कानूनको डिप्लोमा पढ्न शुरू गरें । पढ्न त शुरू गरिन् तर उनीसंग कानूनको कुनै ज्ञान थिएन । त्यसका लागि शब्दकोश हेरेर थाहा पाएको एक युटुब अन्तरबार्तामा बताएकी छिन् । पढ्न पनि शुरू गरिन। त्यसपछि पढाई सक्नै पर्छ भन्ने लक्ष्य राखिन् ।अहिले उनी सफल वकालत गर्ने स्थानमा पुग्न सफल भएकी हुन्। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...