News Portal

  • ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको सार्वजनिकरण गर्यो

    हिमालीसंचार संवाददाता
    ३८८ पटक

    रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित मधुवनीमा रहेको श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था  लिमिटेडले गर्दे आईरहेको कार्यक्रमहरुको  सार्वजनिकरण  गरेको छ  ।

    संस्थाले प्रदेश सरकार भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हुलाकीमार्ग लक्षित दुध उत्पादन प्रवर्द्धन कार्यक्रमको बारेमा सार्वजनिवरण कार्यक्रम सम्पन्न गरेको हो ।

    संस्थाले सुनवर्सि नगरपालिका, रंगेली नगरपालिका र धनापालथान गाउँ पालिकामा रहेका र सहकारीमा आबद्ध कृषकले पालेका पशुहरुको अनिवार्य विमा गर्ने, हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन फ्लोअप तथा संचालन गर्ने, सदस्यहरुलाई गाई/भैसी खरिद, गोठ निर्माण सुधारमा अनुदान दिने,  कृतिम गर्भाधान गराउने, पशु आहारा विकास कार्यक्रम (वर्षे र बहुवर्षिय घोस खेति गर्ने प्रत्साहान गर्ने, पशु स्वास्थ्य सेवा कार्यक्रम (टिट डिपिड. परजिवी नियन्त्रण, पशु खोपलाई निरन्तरता दिने, अभिवृद्धि तालिम दिलाउने जस्ता महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बडाउदै लैजान समेत उक्त कार्यक्रमको उद्देश्य रहेको छ ।

    कार्यक्रमको प्रमुख अतिथि उपमेयर केशव कुमारी खराल, विशिष्ट अतिथि प्रशाशक अधिकृत टोम प्रसाद सुवेदी, वडाअध्यक्ष रामचन्द्र मंण्डल, जिल्ला पशु कुमार सिहं खत्री, विनोद यादव, दिपेन्द्र साह, तथा  संस्थाका सचिव अशोक मंण्डल, उषा मंण्डल, लगायतका  सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 

    रंगेली नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष मंण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...

    विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

    काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत...