News Portal

ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको सार्वजनिकरण गर्यो

हिमालीसंचार संवाददाता
४६२ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित मधुवनीमा रहेको श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था  लिमिटेडले गर्दे आईरहेको कार्यक्रमहरुको  सार्वजनिकरण  गरेको छ  ।

संस्थाले प्रदेश सरकार भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हुलाकीमार्ग लक्षित दुध उत्पादन प्रवर्द्धन कार्यक्रमको बारेमा सार्वजनिवरण कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले सुनवर्सि नगरपालिका, रंगेली नगरपालिका र धनापालथान गाउँ पालिकामा रहेका र सहकारीमा आबद्ध कृषकले पालेका पशुहरुको अनिवार्य विमा गर्ने, हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन फ्लोअप तथा संचालन गर्ने, सदस्यहरुलाई गाई/भैसी खरिद, गोठ निर्माण सुधारमा अनुदान दिने,  कृतिम गर्भाधान गराउने, पशु आहारा विकास कार्यक्रम (वर्षे र बहुवर्षिय घोस खेति गर्ने प्रत्साहान गर्ने, पशु स्वास्थ्य सेवा कार्यक्रम (टिट डिपिड. परजिवी नियन्त्रण, पशु खोपलाई निरन्तरता दिने, अभिवृद्धि तालिम दिलाउने जस्ता महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बडाउदै लैजान समेत उक्त कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रमको प्रमुख अतिथि उपमेयर केशव कुमारी खराल, विशिष्ट अतिथि प्रशाशक अधिकृत टोम प्रसाद सुवेदी, वडाअध्यक्ष रामचन्द्र मंण्डल, जिल्ला पशु कुमार सिहं खत्री, विनोद यादव, दिपेन्द्र साह, तथा  संस्थाका सचिव अशोक मंण्डल, उषा मंण्डल, लगायतका  सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 

रंगेली नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष मंण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...