मोरङ सुनबर्सी टकुवाका एक युवा कटुवा पेस्तोल सहित पक्राउ

रबिन्द्र बराल/मोरङ – मोरङको सुनबर्षी नगरपालिका-५, स्थित झुगिटोलबाट कटुवा पेस्तोल, सो पेस्तेलमा लाग्ने २ राउण्ड गोली सहित राजकुमार मण्डल पक्राउ परेका छन्।
टकुवा घर भएका ४१ वर्षका राजकुमार मण्डलले हातहतियार लुकाई छिपाई राखेको विशेष जानकारी पाए पछि रंगेली प्रहरीले राजकुमार मण्डललाई पक्राउ गरेको हो।
राजकुमार मण्डलका साथबाट कटुवा पेस्तोल थान-१ थान, २ थान गोली र मोबाइल सेट थान- २ साथै नगद रु १९ हजार ३ सय २५ पच्चिस रुपैया समेत बरामद गरेको रंगेली प्रहरीले जनाएको छ।
निजलाई हातहतियार सम्बन्धी कसुर अन्तर्गत थप कानुनी प्रक्रिया अगाडी बढाई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।


















