News Portal

रंगेली प्रहरीले १० थान हराएका मोबाईल फेला पार्याे

हिमालीसंचार संवाददाता
३८७ पटक

रबिन्द्र बराल,
रंगेली – ईलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका ब्रान्डेेेट माेवाईल प्रहरीले फेला पार्न सफल भएको छ। प्रहरी रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिकाका स्थानीयहरुकाे दश वटा मोबाइल फेला पारेको छ।

फेला पारेको साे माेवाईल साेमबार माेवाईल धनीहरुलाई हस्तान्तण गरेको छ। बिगत एक महिना अगाडि देखि हराएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुले आफ्नो मोबाइलमा रहेको आईमि नम्बर र लेखेर रंगेली प्रहरीलाई जिम्मा लगाएकाे थियोे।

रंगेली प्रहरीले हराएका माेवाईलकाे लागि भिन्दै डेक्सकाे स्थापना गरि हराएका माेवाईलहरु खाेज तलास गर्ने थालेको प्रहरीले जनाएको छ। ९ महिना अगाडिदेखि मोबाइल हराएपछि पुनः भेटिएपछि बाएपछि सुनवर्सिका सूर्यनारायण दासले भने आफूले हराएको माेवाईल पाउने आसै थिएन तर, प्रहरीले यसरी खोजेर पुनः आफूलाई बाेलाएर आफुलाई दिएकाेमा आफू निकै खुशी भएको र प्रहरीलाई धन्यवाद दिए।

प्रहरीले बिरेन्द्र सिंह, बहादुर मण्डल, सिता कुमारी राजवंशी, फिरोज मिया, सूर्य नारायण दास, लक्ष्मण शर्मा, खेम धिमिरे दिलिप कुमार साफि, माेहम्द कुर्वान, माैसम साहलाई हराएको माेवाईल फिर्तासमेत गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...