News Portal

हरेक वर्ष मंसिर २२ गतेदेखि शुरु गरिने सुदूरपश्चिम महोत्सव स्थगित

हिमालीसंचार संवाददाता
४८० पटक

सुदूरपश्चिम – सुदूरपश्चिमको आर्थिक विकास र कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउन धनगढीमा आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव‘ यस वर्ष स्थगित गरिएको छ। हरेक वर्ष मङ्सिर २२ गतेदेखि शुरु गरिने महोत्सव कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण यस वर्ष स्थगित गर्नुपरेको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ।

सङ्घले विसं २०६३ देखि यो महोत्सव गर्दै आएको थियो। कोरोना भाइरस सङ्कमणको जोखिम देखिएकोले महोत्सव स्थगित गर्नु परेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुँवरले बताउनुभयो। महोत्सव कहिले गर्ने भन्ने विषयमा सरोकारवाला र स्थानीय प्रशासनसँग समन्वय गरी महोत्सवको नयाँ मिति तय गरिने उहाँले जानकारी दिनुभयो।

सङ्घका महासचिव ओम विष्टले कोरोना भाइरसको अवस्था समान्य भएमा महोत्सव आयोजना गर्न सकिने बताउनुभयो। महोत्सवका माध्यमबाट सुदूरपश्चिम प्रदेशको कला संस्कृति, व्यापार व्यवसायको संरक्षण सम्वर्द्धनको प्रयास हुँदै आएको थियो।

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...