News Portal

सेवाग्राहीको भीड बढेपछि मालपोत कार्यालय सुर्खेतले लगायो यस्तो नयाँ नियम

हिमालीसंचार संवाददाता
३६६ पटक

सुर्खेत – मालपोत कार्यालयमा दैनिक सेवाग्राहीको अत्यधिक भीड बढेपछि पालो सिस्टम लागू गरिएको छ। आजदेखि लागू हुने गरी कार्यालयले सूचना प्रकाशित गरेर पालो अनुसार काम गर्ने जनाएको हो।

कार्यालयमा मंगलवारदेखि शुक्रवारसम्म वीरेन्द्रनगर नगरपालिका भित्रको काम गर्ने जनाएको छ भने, अन्य ६ स्थानियतहरुमा आइतवार र सोमवार गर्ने बताएको छ। चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिंगाड गाउँपालिका, लेकबेसी नगरपालिका, पंचपुरी नगरपालिका र भेरीगंगा नगरपालिकाको काम अवदेखी आइतवार र सोमवार हुने भएको छ।

कार्यालय प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको चाप अत्यधिक बढ्दा र कोभिड—१९ को जोखिमलाई कम गर्न पालो अनुसार काम गर्ने प्रणाली लागू गरिएको बताउनुभयो। उहाँले हाल दैनिक सयौं सेवाग्राही आउँदा कार्यालयमा थामि नसक्नुको भीड हुने गरेको भन्दै यो सेवाले सेवाग्राहीलाई राहत हुने बताउनुभयो। प्रमुख खत्रीले सेवाग्राहीले सेवा असहज, ढिलो भएको गुनासो आएपछि पालो अनुसार काम गर्दा केही सहज र छिटो हुने विश्वासले यसो गर्न लागिएको उहाँको भनाई छ।

यस्तैबीच, बीरेन्द्रनगर नगरपालिकाले मालपोतमा हुने कामलाई सहज बनाउन भन्दै दुई जना प्राविधिक मालपोत कार्यालय पठाएको छ। नगरपालिकाले उपकरणसहित जनशक्ति पठाएको कार्यालयले बताएको छ।

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...