News Portal

सेवाग्राहीको भीड बढेपछि मालपोत कार्यालय सुर्खेतले लगायो यस्तो नयाँ नियम

हिमालीसंचार संवाददाता
३४६ पटक

सुर्खेत – मालपोत कार्यालयमा दैनिक सेवाग्राहीको अत्यधिक भीड बढेपछि पालो सिस्टम लागू गरिएको छ। आजदेखि लागू हुने गरी कार्यालयले सूचना प्रकाशित गरेर पालो अनुसार काम गर्ने जनाएको हो।

कार्यालयमा मंगलवारदेखि शुक्रवारसम्म वीरेन्द्रनगर नगरपालिका भित्रको काम गर्ने जनाएको छ भने, अन्य ६ स्थानियतहरुमा आइतवार र सोमवार गर्ने बताएको छ। चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिंगाड गाउँपालिका, लेकबेसी नगरपालिका, पंचपुरी नगरपालिका र भेरीगंगा नगरपालिकाको काम अवदेखी आइतवार र सोमवार हुने भएको छ।

कार्यालय प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको चाप अत्यधिक बढ्दा र कोभिड—१९ को जोखिमलाई कम गर्न पालो अनुसार काम गर्ने प्रणाली लागू गरिएको बताउनुभयो। उहाँले हाल दैनिक सयौं सेवाग्राही आउँदा कार्यालयमा थामि नसक्नुको भीड हुने गरेको भन्दै यो सेवाले सेवाग्राहीलाई राहत हुने बताउनुभयो। प्रमुख खत्रीले सेवाग्राहीले सेवा असहज, ढिलो भएको गुनासो आएपछि पालो अनुसार काम गर्दा केही सहज र छिटो हुने विश्वासले यसो गर्न लागिएको उहाँको भनाई छ।

यस्तैबीच, बीरेन्द्रनगर नगरपालिकाले मालपोतमा हुने कामलाई सहज बनाउन भन्दै दुई जना प्राविधिक मालपोत कार्यालय पठाएको छ। नगरपालिकाले उपकरणसहित जनशक्ति पठाएको कार्यालयले बताएको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...