News Portal

अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

हिमालीसंचार संवाददाता
६७० पटक

सरिता चलाउने,
सल्यान – सल्यानमा महिलासहित वडाध्यक्ष पक्राउ परेका छन। अर्काको श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष ईन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट नियन्त्रणमा प्रहरीले जनाएको छ।

वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी लक्ष्मण ओलीले बताए। घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएको आधारमा पक्राउ गरेको बताए।

आरोपीत दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...