News Portal

सिचाई योजना सम्पन्न भएको ५ महिनासम्म मजदुरले पाएनन् ज्याला

हिमालीसंचार संवाददाता
३३१ पटक

सुर्खेत – लिफ्ट सिचाई योजनाको काम सम्पन्न भई भुक्तानी भैसक्दासमेत मजदुरले ज्याला पाउन सकेका छैनन्। सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँमा लिफ्ट सिचाई योजना अंतर्गत ट्याङकी निर्माणका मजदुरले ज्याला नपाएका हुन्। उक्त योजनामा संलग्न १ सयभन्दा बढी मजदुरले ज्याला नपाएको बताइएको छ।

प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालय अन्र्तगत खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयद्वारा कार्यान्वयनमा आएको उक्त योजना ६२ लाख ७३ हजार एक सय ७३ रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो। योजना निर्माण सम्पन्न भई रकम निकासी भएको लामो समय भईसक्दा पनि ज्याला नपाएको भन्दै मजदुरले गुनासो गरेका छन्।

योजना निर्माणमा घाटा व्यहोर्नुपरेको भन्दै उपभोक्ता समितिले मजदुर ज्याला दिन आनाकानी गरेको बताइएको छ। निर्माण उपभोक्ता समितिमा अध्यक्ष गोरखबहादुर शाही, सचिव रमेश प्रसाद खनाल र कोषाध्यक्ष गौरी विक रहेका छन्। निर्माण उपभोक्ता समितिका अध्यक्ष शाही चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको भाई हुन् भने, कोषाध्यक्ष विक स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी भएको जनाइएको छ।

उपभोक्ता समितिले १७-१८ लाख रकम घाटा व्यहोर्नु परेको भन्दै रकम दिन आनाकानी गरेको बताइएको छ। करिब ३ सय मजदुरले काम गरेको उक्त योजनामा कोहीले आधा रकममा चित्त बुझाउनुका साथै एक सयभन्दा धेरै मजदुरले थोरैपनि ज्याला नपाएको स्थानीयको भनाई छ।

असार मसान्त वरिपरीमै काम सम्पन्न भएतापनि हालसम्म ज्याला नपाएको रामसिङ् टमट्टाले बताए। उनले भने, ‘समयमै निर्माण उपभोक्ता समितिले भनेअनुसार काम गरेपनि हालसम्म ज्याला पाउन सकिएको छैन। निर्माण सामाग्री ढुवानी लगायतका काममा प्रयोग गरिएका यातायातका साधनको समेत ज्याला नपाएको तर उपभोक्ता समितिले ६२ लाख बजेटमध्ये ५५ लाख बराबरको रकम निकासा गरिसकेको बताईएको छ।

मजदुरले ज्याला नपाएको उपभोक्ता समितिका सचिव खनालले स्वीकार गरेका छन्। दुई लाख ५८ हजार रकम धरौटी राखेकाले ज्याला भुक्तानीमा समस्या भएको खनालले बताए। उनले धरौटी रकम फुकुवा भएपछि ज्याला भुक्तान गरिने जानकारी दिए। खनालका अनुसार धरौटी रकम पौष महिनामा फुकुवा हुदैछ। खनालका अनुसार २५ मिटर लम्बाई र २५ मिटर चौडाईमा उक्त ट्याङ्की निर्माण गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...