News Portal

ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको सार्वजनिकरण

हिमालीसंचार संवाददाता
४२८ पटक

रबिन्द्र बराल/ मोरङ– मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मधुवनीमा रहेको श्री ग्राम लक्ष्मी बचत तथा ऋिण सहकारी संस्था लिमिटेडले गर्दे आईरहेको कार्यक्रमहरुको सार्वजनिकरण  गरेको छ ।

संस्थाले प्रदेश सरकार भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हुलाकीमार्ग लक्षित दुध उत्पादन प्रवर्द्धन कार्यक्रमको बारेमा सार्वजनिवरण कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले सुनवर्सि नगरपालिका, रंगेली नगरपालिका र धनापालथान गाउँ पालिकामा रहेका र सहकारीमा आबद्ध कृषकहरुले पालेका पशुहरुको अनिवार्य विमा गर्ने, हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन फ्लोअप तथा संचालन गर्ने, सदस्यहरुलाई गाई/भैसी खरिद, गोठ निर्माण सुधारमा अनुदान दिने, कृत्रिम गर्भाधान गराउने, पशु आहारा विकास कार्यक्रम (वर्षे र बहुवर्षिय घोस खेति गर्ने प्रोत्साहन गर्ने, पशु स्वास्थ्य सेवा कार्यक्रम (टिट डिपिड. परजिवी नियन्त्रण, पशु खोपलाई निरन्तरता दिने, अभिवृद्धि तालिम दिलाउने जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बडाउदै लैजान कार्यक्रम रहेको छ। 

कार्यक्रमको प्रमुख अतिथि उपमेयर केशव कुमारी खराल, विशिष्ट अतिथि प्रशासक अधिकृत टोम प्रसाद सुवेदी, वडाअध्यक्ष रामचन्द्र मंण्डल, जिल्ला पशुकुमार सिहं खत्री, बिनोद यादव, दिपेन्द्र शाह, तथा  संस्थाका सचिव अशोक मणडल, उषा मण्डल, लगायतका  सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 

रंगेली नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...