News Portal

आइतबारदेखि धरानका निजी तथा संस्थागत विद्यालयहरू खुल्ने

हिमालीसंचार संवाददाता
४१५ पटक

धरान – कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेका धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबारदेखि खुल्ने भएका छन् ।

धरान उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूलाई कसरी कक्षा सञ्चालन गर्ने भनेर मोडालिटी माग गरेको थियो । निजी तथा संस्थागत विद्यालयहरूले पनि उपमहानगरपालिकालाई ७ वटा मोडालिटी बुझाएको र सोही मोडालिटी अनुसार विद्यालय खोल्न भनेर उपमेयर मञ्जु भण्डारी सुवेदीले मौखिकरुपमा भनेकोले आइतबारदेखि विद्यालय खुलाउने एसिसि धरान अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

स्वास्थ्य प्रोटोकलको पालना गरी आइतबारदेखि प्रावि तहका ४ र ५ कक्षा र मावि तहका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई पढाइने अध्यक्ष गुरुङले बताए । यसरी विद्यालय खुल्दा विद्यार्थी संख्या कम भए एक सिफ्ट र धेरै भएमा २ सिफ्टमा कक्षा सञ्चालन हुनेछ जानकारी दिए। 

बिहान १० बजेदेखि १ बजे सम्म र १ बजेदेखि ४ बजे सम्म दैनिक ३ घण्टाका दरले दुई सिफ्टमा कक्षा सञ्चालन हुनेछ । विद्यालयमा टिफिन नहुने र निजी तथा संस्थागत विद्यालयहरूले सञ्चालन गरेका स्कुल बसहरू पनि अहिले सञ्चालन नगर्ने बताइएको छ ।

यही मोडालिटीमा बिद्यालय खुल्दा कत्तिको सफल हुन्छ । त्यसैलाई आधारलाई मानेर बाँकी रहेका कक्षाहरू पनि स्वास्थ्य प्रोटोकलको पालना गरेर एक साता वा दश दिन भित्रमा सञ्चालनमा ल्याउने अध्यक्ष गुरुङले बताए । 

धरानमा रहेका ७७ वटा निजी तथा संस्थागत विद्यालयहरू रहेका छन् । विद्यालयमा अनिवार्य मास्क, स्यानिटाइजरको व्यवस्था र एउटा बेन्चमा २ जना मात्रै विद्यार्थी राख्ने गरी संचालन गर्न भएको छ। 

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...