News Portal

छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै हलेसी तुवाचुङ नगरपालिका

हिमालीसंचार संवाददाता
४४६ पटक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले छात्रालाई गाउँमै तयार पारिएको स्यानिटरी प्याड वितरण सुरु गरेको छ। छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलव्ध गराउने नेपाल सरकारको कार्यक्रम अन्तरगत हलेसी तुवाचुङ नगरपालिका-२, डिकुवाबाट स्यानिटरी प्याड वितरण सुरु गरिएको उपमेयर बिमला राईले बताईन्।

स्यानिटरी प्याड निःशुल्क वितरणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०७६/०७७ मा प्राप्त भएको १७ लाख ९५ हजारबाट गाउँमै स्यानिटरी प्याड उत्पादन गरेर छात्रालाई वितरण सुरु गरिएको हो। अन्तर्राष्ट्रिय अपांग दिवस एवम् लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बिहिबार डिकुवामा आयोजित कार्यक्रमको अवशरमा दाम्ली मावि डिकुवा आभारभुत विद्यालय र कालिका आधारभुत विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको नगरपालिकाले जनाएको हो।

महिनावारी भएका समयमा पनि विद्यालय जाने र आफ्नो पढाईलाई निरन्तरता दिनका लागि सहयोग पुर्‍याउन छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण सुरु गरिएको हो। स्यानिटरी प्याड उपमेयर राईले हस्तान्तरण गरेकी छन्। ११ वडा रहेका नगरपालिकाभित्रका विद्यालयमा कक्षा ७ देखि १२ सम्मका २ हजार २ सय छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने तयारी गरिएको उपमेयर राईले बताईन्। महिनावारीकाक्रममा स्यानिटरी प्याडको अभावमा विद्यालय छुटाउन बाध्य छात्रालाई लक्ष्यित गरेर नगरपालिका आफैले पनि गत वर्ष स्थानीय स्तरमै उत्पादित स्यानिटरी प्याड निःशुल्क वितरण गरेको थियो।

स्यानिटरी प्याड तयार पार्दा महिलालाई रोजगार

स्यानिटरी प्याडका लागि संघीय सरकारबाट प्राप्त शसर्त बजेटबाट आवश्यक कपडा खरिद गरेर ल्याएर स्यानिटरी प्याड तयार पारेर वितरण सुरु गरिएको हो। गाउँमै स्यानिटरी प्याड तयार पार्ने कार्यक्रमले हिंसा पिडित चार जना महिलाले रोजगार पाएका छन्। स्यानिटरी प्याड तयार पार्नका लागि ५ लाख छुट्याइएको थियो।

सिलाई कटाई सम्वन्धी तालिम दिइएका हिंसा पिडित महिलालाई नै स्यानिटरी प्याड तयार पार्ने काम दिइएको उपमेयर राईले बताईन्। हिंसा पिडित महिलालाले लकडाउनको अवधिमा स्यानिटरी प्याड उत्पादन गर्ने काम पाएका थिए। नगरपालिकाका २२ सय छात्रालाई स्यानिटरी प्याड वितरण गर्ने छौँ। महिनावारीकै कारण छात्राले कक्षा छोड्न नपरोस्।

यसका लागि स्थानीय स्तरमै मापदण्ड अनुशारको प्याड तयार पारिएको छ,’ उपमेयर राईले भनिन्, ‘हिंसा पिडित चार महिलाले स्यानिटरी प्याड तयार पार्ने रोजगार पाए। उनीहरुले लकडाउनको समयमा स्यानिटरी प्याड तयार पारेका छन्।’  स्थानीयस्तरमा उत्पादित प्याड बजारकाभन्दा सस्तो, प्रयोग गर्न सहज र संक्रमण नहुने भएकाले प्रभावकारी हुने जनाइएको छ। स्यानिटरी प्याडको कपडा खरिद तथा उत्पादनकाक्रममा बचेको रकमबाड डिकुवाका विद्यालयलाई हिल ट्यांक र ह्याण्डवास वितरण गरिएको नगरपालिकाले जनाएको छ।

१४ जनालाई अपांगताको परिचय–पत्र 

हलेसी तुवाचुङ नगरपालिकाले डिकुवाका १४ जना अपांगलाई अपांगताको परिचय–पत्र वितरण गरेको छ। अन्तर्राष्ट्रिय अपांग दिवसको अवशरमा बिहिबार १ जनालाई ‘क’ बर्गको, ४ जनालाई ‘ख’ बर्गको, ७ जनालाई ‘ग’ वर्गको र २ जनालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिएको हो। उनीहरुलाई उपमेयर राईले अपांगताको परिचयपत्र वितरण गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...