News Portal

  • रंगेलीमा अपांग दिवसको अबसरमा न्यानो सुइटर प्रदान गरेर अपांग दिवस सम्पन्न

    हिमालीसंचार संवाददाता
    ३०८ पटक

    रबिन्द्र बराल/ मोरङ– मोरङको रंगेली नगरपालिकाको प्रांगणमा  कोभिड- १९ पशचातको उत्कृष्ट पुनरागमनतो सुनिश्चितता तथा  २९ औ अन्तर्राष्ट्रिय अपांग दिवस सम्पन्न भएको छ।

    अपाङ्गता भएका व्यक्तित्वहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने मुल नाराका साथ  अपाङ्ग दिवस सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख केशब कुमारी खराल, प्रसाशक अधिकृत टोम प्रसाद सुवेदी, शिक्षा शाखाका प्रमुख रबिन्द्र कुमार  पंण्डित, स्वास्थ्य शाखाका प्रमुख ब्रजेश मेहेता, स्वास्थ्यका भुपेन्द्र  मंण्डल, लुथरन सामाजिक कल्याण समाजका कार्यक्रम अधिकृत सुजित सोरेन, अनुगमन तथा मुल्यांकन अधिकृत  सुमन राई,  स्थानीय गायत्री  गौतम र दिवकर राजबंशी लगायतको उपस्थिति समेत रहेको थियो ।

    अपांग दिवसको अवसरमा रंगेली नगरपालिका भित्र रहेका सामुदायिक  बिधालयका शिशु कक्षा देखि १२ सम्मका ६६ जना विधालयका छात्र,छात्राहरुलाई जाडो यामका लागि सुईटर समेत बितरण गरिएको थियो।   

    कार्यक्रमका प्रमुख अतिथि केशव कुमारी खराल, कार्यकारी अधिकृतले बालबालिकाहरुलाई सुईटर वितरण गरेका थिए। आयोजित कार्यक्रम सहयोगी संस्था लुथरन सामाजिक कल्याण समाज, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासंग समन्वय समिति रंगेलीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...

    विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

    काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत...