News Portal

झापा जिल्लामा पत्रकारमाथि शृङ्खलाबद्ध आक्रमण, पत्रकार महासंघद्वारा भर्त्सना, दोषीलाई कारबाहीको माँग

हिमालीसंचार संवाददाता
३४८ पटक

झापा – पुर्वाञ्चलको झापा जिल्लामा विभिन्न सञ्जार न्यूज २४ टेलिभिजनका झापा संवाददाता राजु पौडेल, झापा जिल्लाका सम्वादाता नारायण अर्याल, माउन्टेन टेलिभिजनका खगेन्द्र घिमिरे र क्यामरा पर्सन भास्कर श्रेष्ठमाथि फरक फरक स्थानमा फरक फरक समयमा आक्रमण भएको छ । झापा जिल्लामा पत्रकाहरुमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेपछि पत्रकार महासंघद्वारा भर्त्सना, दोषीलाई कडा कारबाहीको माँग गरेको छ। 

यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ र पत्रकार जन्य संघ संगठनहरुले भर्त्सना गरेका छन् । अनुसन्धान अनलाइन टिभीका सम्पादक तथा माउन्टेन टेलिभिजनका संवाददाता खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भास्कर श्रेष्ठलाई मालपोत कार्यालय दमकमा मंगलबार र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलवार अपराह्न लगभग ४ बजे मालपोत कार्यालय दमक झापामा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार घिमिरे, क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरेको घटनाको नेपाल पत्रकार महासंघ झापा शाखा लगायतका संघ संगठनले घोर निन्दा र भर्त्सना गरेको हो ।

यस विषयलाई लिएर आज दमकस्थित इलाका प्रहरी कार्यालय र पत्रकार मञ्च दमकमा विभिन्न चरणमा छलफल समेत भएको थियो ।

त्यस्तै, गत मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको पचास हजार घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गर्ने र क्यामेरा खोस्ने जस्ता हर्कत भएको थियो ।

महासंघद्वरा जारी विज्ञप्तिमा यी सबै घटनामा संलग्नलाई अविलम्ब कारबाही गर्न माग गरिएको छ । प्रशासनले यी घटनालाई गम्भीर रूपमा नलिए र दोषीलाई कारबाहीको दायरामा नल्याए महासंघ कडा आन्दोलनमा उत्रने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...