News Portal

झापा जिल्लामा पत्रकारमाथि शृङ्खलाबद्ध आक्रमण, पत्रकार महासंघद्वारा भर्त्सना, दोषीलाई कारबाहीको माँग

हिमालीसंचार संवाददाता
३२७ पटक

झापा – पुर्वाञ्चलको झापा जिल्लामा विभिन्न सञ्जार न्यूज २४ टेलिभिजनका झापा संवाददाता राजु पौडेल, झापा जिल्लाका सम्वादाता नारायण अर्याल, माउन्टेन टेलिभिजनका खगेन्द्र घिमिरे र क्यामरा पर्सन भास्कर श्रेष्ठमाथि फरक फरक स्थानमा फरक फरक समयमा आक्रमण भएको छ । झापा जिल्लामा पत्रकाहरुमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेपछि पत्रकार महासंघद्वारा भर्त्सना, दोषीलाई कडा कारबाहीको माँग गरेको छ। 

यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ र पत्रकार जन्य संघ संगठनहरुले भर्त्सना गरेका छन् । अनुसन्धान अनलाइन टिभीका सम्पादक तथा माउन्टेन टेलिभिजनका संवाददाता खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भास्कर श्रेष्ठलाई मालपोत कार्यालय दमकमा मंगलबार र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलवार अपराह्न लगभग ४ बजे मालपोत कार्यालय दमक झापामा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार घिमिरे, क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरेको घटनाको नेपाल पत्रकार महासंघ झापा शाखा लगायतका संघ संगठनले घोर निन्दा र भर्त्सना गरेको हो ।

यस विषयलाई लिएर आज दमकस्थित इलाका प्रहरी कार्यालय र पत्रकार मञ्च दमकमा विभिन्न चरणमा छलफल समेत भएको थियो ।

त्यस्तै, गत मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको पचास हजार घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गर्ने र क्यामेरा खोस्ने जस्ता हर्कत भएको थियो ।

महासंघद्वरा जारी विज्ञप्तिमा यी सबै घटनामा संलग्नलाई अविलम्ब कारबाही गर्न माग गरिएको छ । प्रशासनले यी घटनालाई गम्भीर रूपमा नलिए र दोषीलाई कारबाहीको दायरामा नल्याए महासंघ कडा आन्दोलनमा उत्रने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...