News Portal

सरकारी रिपोर्ट: बाँकेका ५ जनाको हङकङमा पोजिटिभ रिपोर्ट

हिमालीसंचार संवाददाता
३९८ पटक

युवा राई/ हङकङ – नेपालबाट सरकारी प्रयोगशालाको पीसीआर नेगेटिभ रिपोर्ट बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा हङकङ पुगेका ५ नेपाली यात्रुको रिपोर्ट पोजिटिभ देखिएको छ। निगम स्रोतका अनुसार सोमबार राति नेपालबाट उडेका २ सय ५१ यात्रुको हङकङ सरकारले विमानस्थलमै कोभिड–१९ जाँच गर्दा ५ जनामा रिपोर्ट पोजिटिभ देखिएको हो।

पोजिटिभ देखिएका यात्रु हङकङको स्वास्थ्य डेस्कको निगरानीमा छन्,’ स्रोतले भन्यो, ‘हङकङको नागरिक उड्डयन विभाग अन्तर्गतको एयरलाइन्स कमिटीले बिहीबार जारी गर्ने नोटको प्रतिक्षामा छौं।

निगमको उडानमा नेपालबाट कोभिड रिपोर्ट नेगेटिभ लिएर उडेका यात्रुको त्यहाँ पुन: जाँच गर्दा पोजिटिभ देखिएपछि हङकङको नागरिक उड्डयन विभागले यसअघि अक्टोबरमा दुईपटक र नोभेम्बरमा एकपटक काठमाडौं–हङकङ–काठमाडौं उडान दुई–दुई साता रोक लगाएको थियो। ‘हङकङ विमानस्थलमा रहेको स्वास्थ्य डेस्कले जानकारी दिइसकेको खबर आएको छ, निगमको यसपटक उडान स्थगन गर्ने वा नगर्नेबारे बिहीबार मात्रै थाहा हुन्छ,’ निगमका एक अधिकारीले बताए।

निजी प्रयोगशालाको रिपोर्टमा समस्या देखिएपछि सरकारले निगमको उडानमा जानेलाई अर्को व्यवस्था नहुन्जेलसम्म सरकारी प्रयोगशालामा कोभिड–१९ परीक्षण गरेको पीसीआर रिपोर्ट लिएरमात्र यात्रा गर्नुपर्ने नियम बनाएको छ। सरकारी प्रयोगशालाको नेगेटिभ रिपोर्ट बोकेर गएका यात्रुको पनि हङकङमा पोजिटिभ देखिएपछि निगमका अधिकारीहरु दुविधामा परेका छन्।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...