News Portal

  • प्रेम ओली नआएपछि नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

    हिमालीसंचार संवाददाता
    ३२२ पटक

    काठमाण्डौ – प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक प्रभावित भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको बैठक स्थगनको पक्षमा थिए ।

    बुधबार दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री अनुपस्थित भएपछि अन्य नेताहरु केही बेर अनौपचारिक रुपमा बैठकमा बसेका थिए ।

    बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकमा अध्यक्ष कमरेड केपी उपस्थित हुनुभएन । त्यसकारण आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको समेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा उहाँको अनिवार्य उपस्थितिको अपेक्षासहित अनुरोध गर्ने निर्णय गरेका छौँ ।’

    प्रवक्ता श्रेष्ठका अनुसार सचिवालयको बैठक मंसिर २० मा र मंसिर १८ का लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ सम्मका लागि सरेको छ । उनले आगामी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने आफूहरुको अपेक्षा र विश्वास रहेको बताए । ‘पार्टी गम्भीर संवेदनशिल मोडमा छ ।

    असामान्य परिस्थितिमा संवेदनशिल विषयमा छलफल गर्न ओली कमरेड आउनु भएन भने गर्ने के गर्ने भन्ने हामी सोच्न चाहन्नौं, त्यसैले उहाँ उपस्थिति हुनुहुन्छ भन्ने अपेक्षा मात्र होइन विश्वस्त छौं । उहाँले बैठकमा सहभागी भएर संकट निवारण गर्न सार्थक योगदान गर्नुहुनेछ भन्ने विश्वास गर्छौँ,’ प्रवक्ता श्रेष्ठले भने ।

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा उनले पेश गरेका प्रस्ताव छलफल गर्नु सान्दर्भिक नहुने भन्दै २० गतेसम्मका लागि बैठक सारिएको वरिष्ठ नेता झलनाथ खनालले बताए । अब तय भएको बैठकमा सहभागी हुन प्रधानमन्त्रीलाई पनि समय उपलब्ध गराउने गरी बैठक केही दिन पछाडि सारिएको वरिष्ठ नेता खनालले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...