News Portal

तनहुँ प्रहरीले नियन्त्रणमा लिएको पौडेल रिहा, “लोकतन्त्र अपमानित भएको छ: पौडेल”

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाण्डौ – प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा आज दिउँसो कार्यकर्तासहित नियन्त्रणमा लिइएका नेता पौडेललाई रिहा गरिएको हो ।

नेता पौडेल रिहा भएपछि पौडेलले लोकतन्त्र अपमानित भएको प्रतिक्रिया दिएका छन् । “आज जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ,” उनले कार्यकर्ता र सञ्चारकर्मीहरुलाई संबोधन गर्दै भनेका छन् ।  उनले आफूलाई लाठीले पेलेर बोल्नै नसक्ने बनाएको जानकारी समेत बताएका छन्।

नेपाली कांग्रेस वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पुलको उद्घाटन गर्न जाने क्रममा तालघारीबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको थियो । पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएसगै देशभर विरोध प्रदर्शन भएको थियो। 

झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।

व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो ।  नेता पौडेल पक्राउ परेपछि सरकारको चौतर्फी आलोचना भएको थियो । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...