News Portal

नेपाल मगर संघद्वारा सपना रोका मगरलाई नगद सहित सम्मान

हिमालीसंचार संवाददाता
५२६ पटक

काठमाण्डौ – बीबीसीले विश्वभरीबाट एक सय प्रेरणादायी, साहसी महिलाहरुको सूचिमा सूचिकृत गरेका सपना रोका मगरलाई नेपाल मगर संधले नगद १ लाख १० हज़ार ५ सय रुपैया सहित हिजो काठमाण्डौमा सम्मान गरेका छन् ।

नेपाल मगर संघ केन्द्रीय कार्यालय काठमाण्डौमा आयोजित विशेष कार्यकममा बोल्दै संघका अध्यक्ष नविन रोका मगरले मगर समयुदायमा जन्मिएकी नेपाली चेलीले बीबीसी जस्तो विश्वको प्रतिस्थित संचारगृहले सूचिकृत गरेकोमा समग्र नेपालको नाम उच्च राखेकोमा बधाई तथा शुभकामना दिएका थिए। 

आयोजित कार्यक्रममा मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि रू १ लाख १० हजार ५ सयको आर्थिक सहयोगसमेत प्रदान गरेको हो। भविष्यमा अझै समाजको गौरव, देशको गरिमा र उचाइ राख्दै अगाडि बढ्नसमेत सम्पूर्ण मगर समुदायको तर्फबाट हौसला र आशिर्वाद दिएका थिए। 

‘नेपालका हरेक सडक गल्लीमा हजारौं वालवालिकाहरु वेवारिसे छन्, दुनियाँमा बाँच्न पाउछौं भन्ने भावना र तिनिहरुको जीवनमा सपना र आशा आशा जगाउने काममा निरन्तर कदम चालिरहोस्,’  अध्यक्ष रोका मगरले शुभकामना दिए । 

सम्मान कार्यक्रममा बोल्दै सपना रोका मगरले उनी निकै खुशी र गौरवान्वित महसूस भएको बताउदै बीबीसीले आफ्नो नाम सय जना महिलामा प्रकाशित गरेसँगै देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुबाट धेरै माया र हौसला पाएकोमा धन्यवाद दिएकी थिइन। 

बीबीसीले मेरो नाम सूचिकृत भन्दा पनि हाम्रो सानो देश नेपालको नाम विश्वले सुन्न पाएकोमा अत्यन्तै हर्षित बनाएको छ, ‘ निकै भावुक हुदै उनले बताइन्। मगर संघद्वारा प्रदान गरेको सम्मानले उनलाई थप हौसला र जिम्मेवारी वोध गराएको समेत बताएकी थिइन। 

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले यस वर्ष (सन् २०२०) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका  थिए।जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो।

यस वर्ष पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो परिवर्तन र उत्प्रेरक कामको नेतृत्व गर्दै अघि बढेका छन्’, बीबीसीले उल्लेख गरेको छ । सपना बेवारिसे भएकाहरू, पशुपतिमै मागेर खानेहरू, बाटो बिराएर अन्जान ठाउँमा आई मरेकाहरू सबैको मृत्युसंस्कार गर्दै आएकी छिन्। 

सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन्। सूचिमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत परेका थिए ।

सम्मान कार्यक्रममा उनलाई नेपाल मगर संघले विशिष्ट ब्यक्तिको सम्मान गर्दै मगरहरुका मौलिक पगरी र खादा ओढाएर सम्मान गरेको थियो ।   

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...