News Portal

  • नेपाल मगर संघद्वारा सपना रोका मगरलाई नगद सहित सम्मान

    हिमालीसंचार संवाददाता
    ४५७ पटक

    काठमाण्डौ – बीबीसीले विश्वभरीबाट एक सय प्रेरणादायी, साहसी महिलाहरुको सूचिमा सूचिकृत गरेका सपना रोका मगरलाई नेपाल मगर संधले नगद १ लाख १० हज़ार ५ सय रुपैया सहित हिजो काठमाण्डौमा सम्मान गरेका छन् ।

    नेपाल मगर संघ केन्द्रीय कार्यालय काठमाण्डौमा आयोजित विशेष कार्यकममा बोल्दै संघका अध्यक्ष नविन रोका मगरले मगर समयुदायमा जन्मिएकी नेपाली चेलीले बीबीसी जस्तो विश्वको प्रतिस्थित संचारगृहले सूचिकृत गरेकोमा समग्र नेपालको नाम उच्च राखेकोमा बधाई तथा शुभकामना दिएका थिए। 

    आयोजित कार्यक्रममा मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि रू १ लाख १० हजार ५ सयको आर्थिक सहयोगसमेत प्रदान गरेको हो। भविष्यमा अझै समाजको गौरव, देशको गरिमा र उचाइ राख्दै अगाडि बढ्नसमेत सम्पूर्ण मगर समुदायको तर्फबाट हौसला र आशिर्वाद दिएका थिए। 

    ‘नेपालका हरेक सडक गल्लीमा हजारौं वालवालिकाहरु वेवारिसे छन्, दुनियाँमा बाँच्न पाउछौं भन्ने भावना र तिनिहरुको जीवनमा सपना र आशा आशा जगाउने काममा निरन्तर कदम चालिरहोस्,’  अध्यक्ष रोका मगरले शुभकामना दिए । 

    सम्मान कार्यक्रममा बोल्दै सपना रोका मगरले उनी निकै खुशी र गौरवान्वित महसूस भएको बताउदै बीबीसीले आफ्नो नाम सय जना महिलामा प्रकाशित गरेसँगै देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुबाट धेरै माया र हौसला पाएकोमा धन्यवाद दिएकी थिइन। 

    बीबीसीले मेरो नाम सूचिकृत भन्दा पनि हाम्रो सानो देश नेपालको नाम विश्वले सुन्न पाएकोमा अत्यन्तै हर्षित बनाएको छ, ‘ निकै भावुक हुदै उनले बताइन्। मगर संघद्वारा प्रदान गरेको सम्मानले उनलाई थप हौसला र जिम्मेवारी वोध गराएको समेत बताएकी थिइन। 

    म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले यस वर्ष (सन् २०२०) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका  थिए।जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो।

    यस वर्ष पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो परिवर्तन र उत्प्रेरक कामको नेतृत्व गर्दै अघि बढेका छन्’, बीबीसीले उल्लेख गरेको छ । सपना बेवारिसे भएकाहरू, पशुपतिमै मागेर खानेहरू, बाटो बिराएर अन्जान ठाउँमा आई मरेकाहरू सबैको मृत्युसंस्कार गर्दै आएकी छिन्। 

    सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन्। सूचिमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत परेका थिए ।

    सम्मान कार्यक्रममा उनलाई नेपाल मगर संघले विशिष्ट ब्यक्तिको सम्मान गर्दै मगरहरुका मौलिक पगरी र खादा ओढाएर सम्मान गरेको थियो ।   

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...