News Portal

  • खोटाङको ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास

    हिमालीसंचार संवाददाता
    ३६७ पटक

    खोटाङ – नेपाल सरकारले घोषणा गरेको देश व्यापी अस्पताल निर्माण अभियान अन्तर्गत प्रदेश सभा सदस्य सासंद राजन राईले ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास गरेका छन् ।

    ऐसेलुखर्क गाउँपालिकामा प्रदेश सभा सांसद राजन राईले १५ शैया अस्पतालको शिलन्यास गरेका हुन्। हाल रहेको ऐसेलुखर्कको प्राथामिक स्वास्थ्य केन्द्र नजिकै शिलन्यास गरिएको हो।

    यस्तै, सांसद राईले आजै अस्थायी कोभिड-१९ अस्पतालको समेत ऐसेलुखर्कमा उद्घाटन गरेका छन् । राईले जनताको स्वास्थ्य समस्या प्रति राज्य गम्भीर भएर लागेको कार्यक्रममा बताएका थिए।

    प्रदेश सभा सदस्य सासंद राजन राई उद्घाटन पश्चात आफ्ना फेसबुकमा स्टाटस लेख्दै राखेका छन, ‘नेपाल सरकारद्वारा प्रत्येक स्थानिय तहमा १५ सैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना अन्तर्गत ऐसेलुखर्कमा अस्पतालको शिलान्यास तथा ५ सैयाको कोभिड अस्पतालको उत्घाटन सम्पन्न।’

    आज देशभर एकैदिन ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलान्याश भएको छ । ती मध्ये केही ठाउँमा अर्थमन्त्री बिष्णु पौडेल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले र बाँकी ठाउँमा सोही ठाउँबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले शिलान्यास गरेका हुन् ।

    नेपाल सरकारको गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको हो । चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

    सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न ८ करोड १० श्ययाको अस्पतालका लागि ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै छैनन् ।

    तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ अन्तर्गत ३२, प्रदेश नं २ अन्तर्गत २०, वाग्मती प्रदेशमा  १९, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा ६०, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिमका ३४ स्थानीय तहहरुमा अस्पताल निर्माण हुन् लागेको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...

    विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

    काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत...