News Portal

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास

हिमालीसंचार संवाददाता
४७० पटक

खोटाङ – नेपाल सरकारले घोषणा गरेको देश व्यापी अस्पताल निर्माण अभियान अन्तर्गत प्रदेश सभा सदस्य सासंद राजन राईले ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास गरेका छन् ।

ऐसेलुखर्क गाउँपालिकामा प्रदेश सभा सांसद राजन राईले १५ शैया अस्पतालको शिलन्यास गरेका हुन्। हाल रहेको ऐसेलुखर्कको प्राथामिक स्वास्थ्य केन्द्र नजिकै शिलन्यास गरिएको हो।

यस्तै, सांसद राईले आजै अस्थायी कोभिड-१९ अस्पतालको समेत ऐसेलुखर्कमा उद्घाटन गरेका छन् । राईले जनताको स्वास्थ्य समस्या प्रति राज्य गम्भीर भएर लागेको कार्यक्रममा बताएका थिए।

प्रदेश सभा सदस्य सासंद राजन राई उद्घाटन पश्चात आफ्ना फेसबुकमा स्टाटस लेख्दै राखेका छन, ‘नेपाल सरकारद्वारा प्रत्येक स्थानिय तहमा १५ सैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना अन्तर्गत ऐसेलुखर्कमा अस्पतालको शिलान्यास तथा ५ सैयाको कोभिड अस्पतालको उत्घाटन सम्पन्न।’

आज देशभर एकैदिन ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलान्याश भएको छ । ती मध्ये केही ठाउँमा अर्थमन्त्री बिष्णु पौडेल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले र बाँकी ठाउँमा सोही ठाउँबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले शिलान्यास गरेका हुन् ।

नेपाल सरकारको गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको हो । चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न ८ करोड १० श्ययाको अस्पतालका लागि ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै छैनन् ।

तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं १ अन्तर्गत ३२, प्रदेश नं २ अन्तर्गत २०, वाग्मती प्रदेशमा  १९, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा ६०, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिमका ३४ स्थानीय तहहरुमा अस्पताल निर्माण हुन् लागेको हो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...