News Portal

हिउँदे अधिवेशनमा प्रदेशको नाम टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

हिमालीसंचार संवाददाता
५०१ पटक

इटहरी – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनले प्रदेशको नाम टुङ्गो लगाउने बताएका छन् । आज इटहरीमा १५ शैय्याको अस्पताल शिलान्यास गर्न पुगेका राईले हिउँदे अधिवेशनको पहिलो प्रस्ताव नै नामाङ्कनको विषय हुने बताएका हुन् ।

प्रदेश, स्थानीय र संधीय सरकार विकास निर्माणमा दत्तचित्त भएर लागिपरेको बताउँदै उनले अब समृद्धिको युग सुरु भएको प्रस्ट पार्दै अबको समय स्मार्ट र अर्ग्यानिक सिटिको भएको हुनाले प्रदेश सरकार त्यहीँ अवधारणा अनुसार अगाडि बढेको उनको भनाइ थियो ।

प्रदेश १ को राजधानी इटहरीलाई बनाउन नसकेको स्मरण गर्दै उनले भने, “इटहरीलाई प्रदेशको राजधानी बनाउने चाहना राखेका थियौ । तर सकेनौँ । अब प्रदेशको राजधानी सँग जोडिने पालिकामै प्रदेशका संरचनाहरू बनाउने तयारी गरेका छौँ ।”

सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद सर्वध्वज सावाले आफूले बोलेजती काम गर्न नसकेको बताए । चुनावको बेला २ सय शैय्याको अस्पताल बनाउने भनेपनी ठाउँको अभावमा काम हुन नसकेको उनको भनाइ थियो। 

“चुनावमा काँग्रेसले १ सय शैय्याको अस्पताल बनाउँछु भन्यो अनि नेकपाले किन कम बोल्नु भनेर २ सय शैय्याको भन्यौ ।, उनले भने, तर यसो बुझ्दै जाँदा काम गर्न निक्कै गाह्रो रहेछ ।नढाँटी भन्ने हो भने नेताले जनतालाई ढाटेकै हो । त्यहीँ भएर जनतामा निराशा बढेको हो ।” रासस

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...