News Portal

हिउँदे अधिवेशनमा प्रदेशको नाम टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

हिमालीसंचार संवाददाता
४३६ पटक

इटहरी – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनले प्रदेशको नाम टुङ्गो लगाउने बताएका छन् । आज इटहरीमा १५ शैय्याको अस्पताल शिलान्यास गर्न पुगेका राईले हिउँदे अधिवेशनको पहिलो प्रस्ताव नै नामाङ्कनको विषय हुने बताएका हुन् ।

प्रदेश, स्थानीय र संधीय सरकार विकास निर्माणमा दत्तचित्त भएर लागिपरेको बताउँदै उनले अब समृद्धिको युग सुरु भएको प्रस्ट पार्दै अबको समय स्मार्ट र अर्ग्यानिक सिटिको भएको हुनाले प्रदेश सरकार त्यहीँ अवधारणा अनुसार अगाडि बढेको उनको भनाइ थियो ।

प्रदेश १ को राजधानी इटहरीलाई बनाउन नसकेको स्मरण गर्दै उनले भने, “इटहरीलाई प्रदेशको राजधानी बनाउने चाहना राखेका थियौ । तर सकेनौँ । अब प्रदेशको राजधानी सँग जोडिने पालिकामै प्रदेशका संरचनाहरू बनाउने तयारी गरेका छौँ ।”

सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद सर्वध्वज सावाले आफूले बोलेजती काम गर्न नसकेको बताए । चुनावको बेला २ सय शैय्याको अस्पताल बनाउने भनेपनी ठाउँको अभावमा काम हुन नसकेको उनको भनाइ थियो। 

“चुनावमा काँग्रेसले १ सय शैय्याको अस्पताल बनाउँछु भन्यो अनि नेकपाले किन कम बोल्नु भनेर २ सय शैय्याको भन्यौ ।, उनले भने, तर यसो बुझ्दै जाँदा काम गर्न निक्कै गाह्रो रहेछ ।नढाँटी भन्ने हो भने नेताले जनतालाई ढाटेकै हो । त्यहीँ भएर जनतामा निराशा बढेको हो ।” रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...