News Portal

  • धरानका बुद्धिजीवी बिए कृष्ण प्रसाद श्रेष्ठको निधन, नगरमा शोक विदा

    हिमालीसंचार संवाददाता
    २९२ पटक

    धरान – लामो समयदेखि दिर्घरोग मिर्गौला रोगबाट पिडित बिए कृष्ण प्रसाद श्रेष्ठको हिजो दिउसो १:२५ बजे आफ्नो निवासमै निधन भएको छ। धरानमा बुद्धिजीवीका रुपमा कहलिएका श्रेष्ठको निधनमा धरान उपमहानगरपालिकाले आज शोक विदा दिएर सम्मान व्याक्त गरेको छ।

    श्रेष्ठ विस १९९२ सालमा जन्मिएका हुन्। विस २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा धरानको संस्थापक कम्युनिस्ट नेता हुदै आफ्नो परिचय बनाएका वाम नेता हुन् ।राजनीतिक चिन्तक, धरानका अभिभावक, धरानको बाम आन्दोलनका संस्थापक कम्युनिस्ट नेता बिए कृष्ण प्रसाद श्रेष्ठको निधनले धरानलाई अपूरणीय क्षति पुगेको डा. राजेन्द्र शर्मा बताए। 

    जानकारहरुका अनुसार पुष्पलाल समूह अन्तर्गत कृष्णराज वर्माको समूहमा आबद्ध रहेका श्रेष्ठ विस २००६ सालमा धरानको पब्लिक माविको पहिलो एसएलसी व्याजमा फस्ट डिभिजन पास गर्ने कुशल विद्यार्थी थिए ।

    धरानबाट बिए ल्याउने, राम्रो डिभिजन ल्याएका कारण उनले बिएको उपाधि स्वपरुप उपनाम दिइएको थियो । धरानमा पछिल्लो समय बिए कृष्णप्रसाद श्रेष्ठको नामबाट परिचित थिए श्रेष्ठ । विस २०१५ सालमा धरान नगर पञ्चायतको पहिलो कम्युनिस्ट वडा सदस्यमा रुपमा निर्वाचित जनप्रतिनिधि समेत हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...

    विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

    काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत...

    नेपालगञ्जमा लागुऔषध कारोबार गर्ने चार जना पक्राउ, प्रहरीसँग झडपमा एक घाइते

    नेपालगञ्ज, साउन ३० – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार...