News Portal

कुवेत नेपाली एकता समाजद्वारा ८ बुंदे प्रेसवक्तव्य जारी

हिमालीसंचार संवाददाता
४२४ पटक

काठमाण्डौ – कुवेत नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ८ बुंदे लामो प्रेसवक्तव्य निकाल्दै आफ्नो सुझाव पेश गरेको छ। कोरोनाको कारण नेपाल आक्रन्त भएको उल्लेख गर्दै दैनिक दर्जनौ गरिब जनता कोरोनाका संक्रमणका कारण अकालमा मृत्युवरण गर्नु परिरहेको उल्लेख गर्दै नेपाल सरकार गम्भीर हुन आग्रह गरेको छ। सरकार जनता प्रति उत्तरदायित्व नभएको उल्लेख गर्दै पिसिआर परीक्षणको दायारा बढाउनुका साट्टा धटाउदै लगिरहेको प्रेसवक्तव्यमा उल्लेख गरिएको छ।

अस्पतालहरु अस्तव्यस्त, कोरोना संक्रमित जनतालाई होम आइशोलेशनमा स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत बस्न बाध्य पारिरहेको अबस्था प्रति असन्तुष्ट जाहेर गर्दै जनताको नैसर्गिक अधिकारको हनन भएको उल्लेख गरेको छ। खर्चको अभाव रहेको कारण देखाउदै कोरोना नि:शुल्क परीक्षण र उपचारका लागि आफ्ना दाइत्वबाट सरकार पन्छिन खोजेको छ। 

जनता प्रतिको सरकार संवेदनशील नभएको सर्वोच्च अदालतको आदेशानुसार पूर्व निर्णयबाट सच्चिनु परेको समेत विज्ञप्तिमा उल्लेख छ। देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भारतीय साम्राज्यवादद्वारा आक्रमण भइरहेको अबस्थामा संधीयता घोषित हरेको दृष्टिकोणले नेपालका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ। 

राष्ट्रिय जनमोर्चाको नेतृत्वमा संसदभित्र र बाहिर खबदार गर्दा गर्दै देशमा संघीय लागु हुदा देशमा आन्तरिक विग्रह र आर्थिक असन्तुलन भएको छ। प्रदेश १, २ नम्बर नामकरण धोषणा अन्य प्रदेशको राजधानी टुङगो लगाउन सकेको छैन। 

संधीयताको कारणले अनावश्यक खर्च बढेको हुदा कोरोना नियन्त्रणका लागि आवश्यक बजेट छुटाउन नसक्दा नि:शुल्क कोरोना परीक्षण गर्न कठिन भएको छ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका श्रमिकको उद्धारका लागि नेपाल सरकारले टिकटभाडा निश्चित तोकेपनि लागू गर्न सकेको छैन। यसरी वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको गम्भीर समस्याहरुको विषयमा ध्यानाकर्षण गराउदा समेत नेपाल सरकार जनत्तरदायी नभएको वक्तव्यमा उल्लेख गरेका छन्। 

नेपालको मुख्य आयश्रोत रेमिट्यान्स नै हो। जसको लागि ४० लाखभन्दा बढी नेपाली नागरिक विदेशमा कार्यरत रहेका छन् । तर ती नागरिकहरू नै मतदान गर्नबाट हञ्चित रहेका छन् । उनीहरूलाई सम्बन्धित देशको कूटनीति निकायबाट मतदान गर्ने व्यवस्था मिलाइनुपर्छ भनेर हामीले पटक–पटक माग गर्दै आएका छौँ । यस मागप्रति हाम्रो संगठन अडिग रहेको छ ।

नेपाल सरकारले संस्थागत रुपमा भइरहेको भ्रष्टाचारको छानबीन संधीयता खारेज गर्नको लागि राष्टिय जनमोर्चा नेपालले लिएको अडानमा हामी प्रवासस्थित नेपालीहरूको प्रतिनिधि संगठनको तर्फबाट ऐक्यबद्धता प्रकट गर्दछौँ ।”  महासचिव खुम राइमाझी र अध्यक्ष निम बुढामगरद्वारा हस्ताक्षर प्रेसवक्तव्यमा भनिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...