News Portal

सुनसरी प्रहरीद्वारा १३ वर्ष पछि फरार रहेका एक अभियुक्त पक्राउ

हिमालीसंचार संवाददाता
४३१ पटक

सुनसरी – सुनसरी प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १३ वर्ष पछि पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका ३२ वर्षीय कृष्ण कुमार धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादी लगायत अन्य साथीहरू समेतले २०६४ साल वैशाख २८ गते केटा पक्षबाट साथीको विवाहमा जन्ती गएको समयमा एकम्बा गाविस-४ का सुनेर कुमार ठाकुरलाई बेहुलीको घरमा स्वयंवरको वेला अगाडी उभिएको निहुँमा सामान्य वादविवादको भएको थियो ।

घटना साम्य भएपछि धामी लगायत ५ जनाको टोलीले पिसाब फेर्न निस्केका ठाकुरलाई अन्धयाँरोमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाइते भएका ठाकुरको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंसिर १२ गते मोरङको उर्लाबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतकका बुबाले हालेको उजुरी अनुसार सोही घटनामा संलग्न रहेका स्थानीय ३२ वर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी-६ का ३२ वर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । अन्य २ जना अभियुक्त प्रहरीले अझै पक्राउ गरेको छैन ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...