News Portal

  • चक्रपथ विस्तार गर्दा स्वयम्भूका संरचना नभत्काउन माग

    हिमालीसंचार संवाददाता
    ३१४ पटक

    काठमाण्डौ – विश्व सम्पदामा सूचिकृत ऐतिहासिक स्वयम्भू क्षेत्रको कुनै पनि भाग भत्काउन नहुने सरोकारवाला पक्षले माग गरेका छन्। “स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं” अभियानले आइतबार राजधानीको स्वयम्भू परिसरमा पत्रकार सम्मेलन गरी नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

    स्वयम्भू क्षेत्र काठमाण्डू महानगरपालिका वडा नं. १५ मा पर्दछ। सडक विभागले चक्रपथ विस्तारको क्रममा कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार जारी राखेको छ । ‘यस क्रममा विश्व सम्पदामा सूचिमा सूचिकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तूप (साङ्गे तोङ्कु )समेत भत्काउन गइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अभियानका संयोजक तथा बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रभित्र रहेका बुद्धका मूर्ति, हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बोधिचैत्यसहितको पर्खाल भत्काउने धार्मिक, सांस्कृतिक सम्पदा संरक्षण विरोधी कदम अविलम्ब रोक्न सरकार र सम्बन्धित निकायलाई विशेष आग्रह गर्दछौं ।’

    विकासको गति अवरुद्ध हुन नदिने र बौद्धमार्गीहरूको धार्मिक सम्पदाको पनि संरक्षण हुने गरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक संरचना नभत्काइकन सडक विस्तार गर्नसमेत भनेका छन् । सरकारले तत्काल बेवास्ता गरेमा चरणवद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिनेसमेत भनेका छन् ।

    महानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष ईश्वरमान डंगोलले सडक विस्तारको काम केन्द्रीय सरकार मातहत सडक विभागले गरेको बताए । ‘२०२८ सालमै सडक रेखांकन भएको हो,’ महानगर विश्व सम्पदाका हरेक स्थान संरक्षणको पक्षमा रहेको उल्लेख गर्दै प्रवक्ता डंगोलले भने, ‘सडक थप चौडा बनाइँदा एउटा स्तुप भत्किने देखिन्छ। त्यसलाई जोगाउनु पर्छ भन्ने उहाँहरू संरक्षण अभियानताको माग हो । हामी महानगरपालिका निर्णयकर्ता होइन। उहाँहरुसंग  समन्वय गर्छौं ।’

    पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, अभियानका सचिव तथा मनाङ सेवा समाजका अध्यक्ष सुनिल गुरुङलगायतले सम्पदा संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने बताएका थिए । उत्पन्न समस्या समाधानका निम्ति तत्काल छलफल, परामर्श गर्नसमेत माग गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई...