News Portal

गणतन्त्रको भात पाक्न ढिलो भो भन्दै राजतन्त्रको गोबर नखाऊँ : बाबुराम भट्टराई

हिमालीसंचार संवाददाता
४२९ पटक

काठमाण्डौ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै डा. भट्टराईले अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्न युवाहरूलाई सुझाब दिएका छन् ।
रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली गराउन खोज्नु राम्रो संकेत नभएको बताएका छन् । उनले अगाडिको स्यालसँग लड्न पछाडि झ्याङमा लुकेको ब्यासोलाई बिर्सन नहुने भन्दै दुवैसँग लडेर अघि बढ्न सुझाब दिएका छन् ।
बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा देशभर प्रदर्शन भएपछि डा. बाबुराम भट्टराईको यस्तो ट्विट आएको हो ।
युवासँग आग्रह- गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ !अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौँ;न कि रिसको झोंकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् !अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौँ !दुवैसँग लडेर अघि जाने साहस गरौँ !”

प्रतिकृया दिनुहोस्

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...