News Portal

चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक

२०३ पटक

काठमाडौं, १४ फागुन – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले चुनाव अवधिभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अघिदेखि अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थमा रोक लाग्नेछ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। सुरक्षा अवस्थाको मूल्यांकन गर्दै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ बमोजिम गठित समितिले यस्तो निर्णय गरेको हो।

यसैबीच, फागुन १८ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार पूर्ण रूपमा बन्द गरिनेछ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। आचारसंहिता उल्लंघन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ।

मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन, कूटनीतिक नियोगका गाडी तथा पास प्राप्त सवारी बाहेक अन्य सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक रहनेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।

अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन सञ्चालनमा भने अवरोध नहुने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...