News Portal

प्रदेश १ मा १ सय ८० कोरोना संक्रमित थपिए, ८४ जनाले स्वास्थ्यलाभ लिए

हिमालीसंचार संवाददाता
३५४ पटक

विराटनगर– प्रदेश १ मा आज १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका १० जना रहेको आज सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बाह्रदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १, मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, केराबारी, रंगेली र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र वेलकामा १–१, ताप्लेजुङको फुङलिङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ ।

प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ ह्जार ७ सय ६२ पुगेको छ । प्रदेश  १ मा आज ७ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश १ मा परीक्षण गरिएका मध्ये ६८ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८९ हजार ५ सय २ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...