News Portal

  • नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने

    हिमाली संचार संवाददाता
    ६१० पटक

    काठमाडौँ– सञ्चार तथा   सूचना        प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताएका छन् ।

    दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी भई उनी आज स्वदेश फर्किएका हुन् । दक्षिण कोरियाको सोलमा सम्पन्न उक्त बैठकमा एसिया प्रशान्त क्षेत्रका १२ देशका सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सहभागिता थियो ।

    स्वदेश फर्कने क्रममा मन्त्री बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा मूलभूत रुपमा विश्वमा प्रचलित आधुनिक सूचना प्रविधिमा पछिल्लो समयमा देखिएका चुनौतीको सामना गर्ने सन्दर्भमा आपसी सहकार्यका बारेमा छलफल भएको बताए ।

    उनले भने, ‘आधुनिक सूचना प्रविधिको नयाँ रुप ‘विग डाटा’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता विषयमा पनि समाजलाई अघि बढाउनुपर्छ र त्यसका लागि हरेक देशले तयारी गरी आपसी सहकार्य गर्ने बारेमा छलफल भयो ।’

    बैठकमा सूचना प्रविधिलाई आमजनताको पहुँच तथा जनताको आयमा प्रयोग गर्ने र सूचना प्रविधिको सुरक्षाबारेमा समेत छलफल भएको मन्त्री बाँस्कोटाले जानकारी गराए ।

    बैठकमा हरेक समाजका मूल्य मान्यता र संस्कृतिको संरक्षण गर्दै डिजिटल प्रविधिको विकासका सन्दर्भमा समाजलाई आधुनिकतातर्फ लैजाने सम्बन्धमा छलफल भएको उनले बताए ।

    भ्रमणका अवसरमा मन्त्री बाँस्कोटाले दक्षिण कोेरियाका सूचना तथा विज्ञान प्रविधिमन्त्री यू योङ मिनसँग द्विपक्षीय वार्ता र छलफल भएको अवगत गराउँदै दक्षिण कोरियाले नेपालको ‘डााटा सेन्टर’लाई विस्तार र थप सुदृढ गर्न सहयोग गर्न सकारात्मक देखिएको बताए ।

    मन्त्री बाँस्कोटाले भने, ‘चुनौती बन्दै गएको साईबर सुरक्षामा ज्ञान आदानप्रदान र डिजिटल साक्षरतामा पूँजी, प्रविधि र ज्ञानका क्षेत्रमा सघाउने विषयबारेमा सकारात्मक छलफल भयो ।’ भ्रमणमा सूचना प्रविधिमा सहकार्यका लागि महत्वपूर्ण घोषणा भएको र कोरियासँगको द्विपक्षीय भेटवार्ता पनि नेपालको लागि लाभदायी भएको उनले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...