News Portal

दिङ्लाका रामबहादुर राईका लागि सहयोग जुट्दै आवश्यक सहयोगका लागि अपील

हिमालीसंचार संवाददाता
४७५ पटक

भोजपुर– भोजपुर जिल्ला दिङ्ला षडानन्द नगरपालिका वडा नं. ३ खार्ताम्छाका ७७ बर्षीय रामबहदुर राईको अबस्था नाजुक भएपछि किराया दिङलाको पहलमा सहयोग जुट्दै गरेको छ। परिवारमा एक जना २३ बर्षीय छोरा छन् । छोरा सुस्त रहेका कारण खाना पकाउन सक्ने अवस्था समेत नहुदा बृद्धको अबस्था नाजुक भएको छ। छोराको समेत सुस्त अबस्था रहेको हुदा परिवारमा बृद्धको हेरचाह गर्ने कोही छैनन्।

बिरामी वृद्ध रामबहादुर राईको धर विकट स्थानमा हुदा गाउलेहरु संगको सम्पर्क भन्दा बाहिर रहेकाले विरामी परेका करिव एक महिना पछि स्थानीय छिमेकीले थाहा पाएका थिए। किराया दिङलाका सचिव साङ्ग देम्बा राईले जानकारी दिए। 

वृद्ध राई विरामी भएको करिव एक महिना पछि स्वास्थ्य केन्द्र खार्तम्छा स्वास्थ्य चौकीबाट तीन जना स्वास्थ्यकर्मी वृद्ध राईको अबस्था बुझ्न गएका थिए। ती मध्ये एक जना स्वास्थ्यकर्मी लक्ष्मी राईले वृद्घ राईको फोटो खिचेका थिए। अहिले सामाजिक संजालमा त्यो फोटो भाईरल भइरहेको छ। वृद्धको अवस्था नाजुक हुदै गएपछि अहिले छिमेकी मंगल बहादुर तामाङको घरमा शरण लिई रहेका छन्। 

विरामी वृद्ध राईको नाजुक अवस्थाको विषयमा किरात राई यायोक्खा दिङलाका सचिव साङ्ग देम्बा राईको विशेष पहलमा किरात राई यायोक्खा दिङलाका अध्यक्ष यङराज राई संगको सल्लाहपछि स्थानीय सामाजसेवी, सहयोगी महानुभाव समक्ष अपील गरेपछि दिङलाका उधोग वाणिज्य संधका अध्यक्षद्वारा अत्यबश्यक लत्ताकपडा राहत सहयोग गरेका थिए । 

सहयोग आह्वान प्रश्चात स्थानीय मिडियाले यस सम्बन्धी सूचना संप्रेषण गरेका थिए । किराया दिङलाका सचिव साङ्ग देम्बा राई मंसिर ९ गते यो खबर प्राप्त गर्न साथ उनी १० गते विरामी राईलाई भेटेका जानकारी दिए।

श्रीष्मा मिडियाका संचालक कृष्ण बोगटी र मोहन तामाङका सक्रियतामा सहयोग अभियान संचालन गरिरहेका किराया दिङ्लाका सचिव साङ्ग देम्बा राईले जानकारी दिए। सचिव राईका अनुसार अहिले नगरपालिकाले पनि चासो दिएको छ। नगरपालिकाले सत्य तथ्य बुझ्न कर्मचारी समेत पठाएको छ।

किराया दिङलाका सचिव राईका अनुसार : “सामाजिक संजाल मार्फत भाईरल भएको वृद्धको कारुणिक तस्वीरलाई सामाजिक संजाल मार्फत अबगत भएपछि किरात राई यायोक्खाको पहलमा सहयोग गरौं भन्ने सल्लाह बमोजिम हामीले उद्योग बाणिज्य संघ दिङलाका अध्यक्ष रमेश श्रेष्ठ, उर्सुला कपडा तथा जुत्ता चप्पल पसलको प्रोप्राईटर रमेश कटुवाल, बुढा सुब्बा हार्डवेयर एण्ड सप्लायर्सका प्रोप्राईटर सुरेश राई र श्रीष्मा मिडिया प्रा.लि का मित्र द्वय श्री कृष्ण बोगटी र मोहन तामाङ संग सहयोग अभियानको सम्बन्धमा कुराकानी गरियो। उहाँलाई नितान्त आबस्यक पर्ने चिजहरु चै तुरुन्तै सहयोग स्वरुप उपलब्ध गराउने निर्णय अनुसार सहयोग प्रदान गर्यो।” भनेर उल्लेख गरेका छन्।

किराया सचिव साङ्ग देम्बा राई सम्पर्क नम्बर दिएर सहयोगी मनहरु, समाजसेवीहरुमा अनुरोध समेत गरेका छन्। सहयोग गर्न चाहानु हुन्छ भने सम्पर्क: Sang Demba Rai (9842591322), Yangaraj Rai (9852952331) Ramesh Shrestha (9852036120), Mohan Tamang (984028936), Shree Krishna bogati (9852051629)  सहयोग गर्न सकिने रामकुमार राई सहयोग अभियान फेसबुक पेजमा उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...