News Portal

‘म प्रहरी हुँ ’ भन्दै ठगी गर्ने बिलबहादुर पक्राउ

हिमालीसंचार संवाददाता
४०५ पटक

सुर्खेत – ‘म प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट शान्नी त्रिवेणी गाउँपालिका-४ स्थायी घर भएका हाल वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने बिलबहादुर धामीलाई पक्राउ गरेको हो।

प्रहरी हुँ भन्दै ठगी गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक कनक शाहीको कमाण्डमा खटिएको टोलीले घर खानतलासी गरी नगद १२ हजारसहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

धामीलाई नियन्त्रण पश्चात अनुसन्धानका क्रममा सोधपुछ गर्दा वन कार्यालयको वन रक्षक भनी बताएको जनाइएको छ। उनकाे थप अनुसन्धान भैरहेकाे कार्यालयकाे भनाइ छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...