News Portal

सपना मगरको यस्तो प्रश्नले धमला परे ‘अक्क न बक्क’! राज्य गम्भीर नभएको उनको बुझाई (भिडियो सहित)

धमला ‘अक्क न बक्क’, राज्य नै बेवारिसे छ, राज्यले नदेखेको बेवारिसे बीबीसी’ले देखाई दियो - सपना

हिमालीसंचार संवाददाता
४६५ पटक

काठमाण्डौ – बेवारिसे लासहरुको अन्तिम दाहासंस्कार गरेकै कारण एउटी साहसी नारीको रुपमा सपना रोका मगरलाई बीबीसीले विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा राखेपछि अहिले उनी चर्चाको शिखरमा छिन् । उनलाई यतिबेला नेपालका विभिन्न सञ्चारमाध्यमहरुमा अन्तवार्ता दिन भ्याई नभ्याई भइ रहेको छ ।

बीबीसीले छनौट गर्दा सपना गाउँमा थिईन् । आफुलाई बीबीसीमा विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा राखेको खबर सपनाले गाउँमै छँदा थाहा पाएकी हुन् । सो कुरा थाहा पाउने बित्तिकै सपनाले नेटको व्यवस्था गर्दै लाईभमा आएर सबैलाई धन्यबाद दिएकी थिईन् । कति सोशल मिडिया त उनीसंग अन्तरवार्ता लिनकोलागी उनको गाउँमै पुगेका पनि थिए । कतिले भने सपनाको लाईभ भिडियोलाई आधार मानेर समाचार बनाएका थिए ।

पछिल्लो समयमा भने सपना काठमाण्डौमा फर्किएकी छिन् । उनी काठमाण्डौ फर्किए लगत्तै पत्रकार ऋषि धमलासंग अन्तवार्तामा बसेकी थिइन। उक्त अन्तरवार्तामा सपनाको मन जति आँट र साहासले भरिएको छ। त्यो भन्दापनि कयौं गुना बुलन्दित आवाजको प्रस्तुति रहेको देख्न पाईयो ।

त्यही बुलन्दित पारामा सपनाले ऋषि धमलालाई नै उल्टै प्रश्न पनि गरिन्। अन्रवार्ताकै क्रममा सपनाले भनिन्,‘तपाईँको यही कार्यक्रममा आएर प्रधानमन्त्रीले भन्नु भएको होईन र ? हाम्रो देशमा कहींकतै पनि बेवारिसे लासहरु छैनन् भनेर ? आज मलाई तिनै बेवारिसेहरुको अन्तिम दाहा संस्कार गरेको भन्दै बीबीसीमा छान्नु भनेको हाम्रो देशमा बेवारिसे लासहरु र मान्छेहरु छन् भन्ने नै हो नि ? अब तपाईँले प्रधानमन्त्रीलाई यो विषयमा कस्तो प्रश्न गर्नु हुन्छ ?’ सपनाको यो प्रश्नले पत्रकार धमला एकछिन् सम्म त अक्क न बक्क परिरहे । 

उनले अन्तरबार्ताको सन्दर्भमा प्रधानमन्त्रीलाई त्यो प्रश्न नसोधेर तपाई पनी चुक्नु भएको हो।  सपनाले प्रधानमन्त्रीलाई समेत बास्तविक कटाक्ष दिदै विशेष सुझाव  यो अन्तरबार्ता मार्फत देख्न सकिन्छ। उनले भनेका छन्: बालुटारको झ्यालदेखि बेवारिसे स्पष्ट देखिने कटाक्ष राख्दै गरिव जनता प्रतिको उत्तरदायित्व निर्वाह नगरेको गुनासो समेत व्यक्त गरेकी छिन्।

ऋषि धमलाले लिएको अन्तरबार्ता :

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...