News Portal

सपना मगरको यस्तो प्रश्नले धमला परे ‘अक्क न बक्क’! राज्य गम्भीर नभएको उनको बुझाई (भिडियो सहित)

धमला ‘अक्क न बक्क’, राज्य नै बेवारिसे छ, राज्यले नदेखेको बेवारिसे बीबीसी’ले देखाई दियो - सपना

हिमालीसंचार संवाददाता
४८८ पटक

काठमाण्डौ – बेवारिसे लासहरुको अन्तिम दाहासंस्कार गरेकै कारण एउटी साहसी नारीको रुपमा सपना रोका मगरलाई बीबीसीले विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा राखेपछि अहिले उनी चर्चाको शिखरमा छिन् । उनलाई यतिबेला नेपालका विभिन्न सञ्चारमाध्यमहरुमा अन्तवार्ता दिन भ्याई नभ्याई भइ रहेको छ ।

बीबीसीले छनौट गर्दा सपना गाउँमा थिईन् । आफुलाई बीबीसीमा विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा राखेको खबर सपनाले गाउँमै छँदा थाहा पाएकी हुन् । सो कुरा थाहा पाउने बित्तिकै सपनाले नेटको व्यवस्था गर्दै लाईभमा आएर सबैलाई धन्यबाद दिएकी थिईन् । कति सोशल मिडिया त उनीसंग अन्तरवार्ता लिनकोलागी उनको गाउँमै पुगेका पनि थिए । कतिले भने सपनाको लाईभ भिडियोलाई आधार मानेर समाचार बनाएका थिए ।

पछिल्लो समयमा भने सपना काठमाण्डौमा फर्किएकी छिन् । उनी काठमाण्डौ फर्किए लगत्तै पत्रकार ऋषि धमलासंग अन्तवार्तामा बसेकी थिइन। उक्त अन्तरवार्तामा सपनाको मन जति आँट र साहासले भरिएको छ। त्यो भन्दापनि कयौं गुना बुलन्दित आवाजको प्रस्तुति रहेको देख्न पाईयो ।

त्यही बुलन्दित पारामा सपनाले ऋषि धमलालाई नै उल्टै प्रश्न पनि गरिन्। अन्रवार्ताकै क्रममा सपनाले भनिन्,‘तपाईँको यही कार्यक्रममा आएर प्रधानमन्त्रीले भन्नु भएको होईन र ? हाम्रो देशमा कहींकतै पनि बेवारिसे लासहरु छैनन् भनेर ? आज मलाई तिनै बेवारिसेहरुको अन्तिम दाहा संस्कार गरेको भन्दै बीबीसीमा छान्नु भनेको हाम्रो देशमा बेवारिसे लासहरु र मान्छेहरु छन् भन्ने नै हो नि ? अब तपाईँले प्रधानमन्त्रीलाई यो विषयमा कस्तो प्रश्न गर्नु हुन्छ ?’ सपनाको यो प्रश्नले पत्रकार धमला एकछिन् सम्म त अक्क न बक्क परिरहे । 

उनले अन्तरबार्ताको सन्दर्भमा प्रधानमन्त्रीलाई त्यो प्रश्न नसोधेर तपाई पनी चुक्नु भएको हो।  सपनाले प्रधानमन्त्रीलाई समेत बास्तविक कटाक्ष दिदै विशेष सुझाव  यो अन्तरबार्ता मार्फत देख्न सकिन्छ। उनले भनेका छन्: बालुटारको झ्यालदेखि बेवारिसे स्पष्ट देखिने कटाक्ष राख्दै गरिव जनता प्रतिको उत्तरदायित्व निर्वाह नगरेको गुनासो समेत व्यक्त गरेकी छिन्।

ऋषि धमलाले लिएको अन्तरबार्ता :

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...