News Portal

डडेल्धुरामा सुस्त मनस्थितिकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार

हिमालीसंचार संवाददाता
४५७ पटक

अमरगढी – डडेल्धुरामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। नवदुर्गा गाउँपालिका-१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन्। बुधबार राति करिब ७/ ८ बजे नवदुर्गा गाउँपालिका-१ की ३० वर्षीया महिलामाथि बलात्कार भएको हो।

प्रहरीका अनुसार बुधबार राति ८ बजेतिर मेलाबाट फर्किरहेका सोही ठाउँका ३३ वर्षीय टेकबहादुर दमाईं र नाम नखुलेका अर्का युवकले महिलालाई बलात्कार गरेका हुन्।

गोठबाट फर्किरहेकी बोल्न नसक्ने महिलालाई तानेर बलात्कार गरेका हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बिहीबार पीडित महिलाकी भाउजूले जाहेरी दिएपछि आरोपित दमाईंलाई पक्राउ गरेको छ भने, अर्का व्यक्ति फरार रहेका छन्। पीडित महिलाको स्वास्थ्य परीक्षण पनि गराइसकेको छ। रिपोर्ट केही दिनमा आउने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...