News Portal

गुल्मीमा जिप दुर्घटना: नेपाली सेनाका २ सैनिक जवानसहित ५ जनाको मृत्यु, २ काे अवस्था गम्भीर !

हिमालीसंचार संवाददाता
४९७ पटक

गुल्मी – जिल्लाको इस्मामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। इस्मा गाउँपालिका वडा नम्बर ४ साबिक दोहली गाबिसको हुला गाउँबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको स्थानीयले बताए। २ जना घाइते भएको जानकारी पाइएकाे छ।

यस सम्बन्धमा जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठ सङ्ग बुझ्दा ५ जनाको मृत्यु भएको तर नाम विवरण आउन बाँकी रहेको बताए। तर घटनास्थलमा रहेका स्थानीय समाजसेवी माधव पौडेलका अनुसार जिप दुर्घटनामा नेपाली सेनाका दुई सैनिक जवानकोसमेत ज्यान गएको छ।

घर बिदा आएका त्यस गाउँका अन्दाजी ३५ बर्षिय धन बहादुर दर्लामी र सोही गाउँका अर्का सैनिक जवान उस्तै उमेरका शिवबहादुर दर्लामीको मृत्यु भएको छ। दर्लामीकि श्रीमति शरस्वती दर्लामी घाइते छ्न। सैनिक जवानहरु पल्टनमा हाजिर हुन जाँदै गरेको स्थानीयको भनाइ छ। मृतक दर्लामी र उनका भाइ वसन्त दर्लामीको पनि मृत्यु भएको पौडेलले बतए।

मृतक ५ जनामध्ये हुला गाउँकै अन्दाजी ६० वर्षीय डम्बर बहादुर हितान र ९२ वर्षीया सुन्दरी नाम गरेकी सुन्दरा थापा रहेको बताइन्छ। उनको घर छापाहिले रहेको र उनी तराइतिर छोरीकोमा बस्ने गरेको र केही दिनअघि हुलास्थित माइती घर आएकी थिइन्।

जिप चालक बुद्ध बहादुर बस्नेत भने सकुशल छ्न। उनलाई इस्मा प्रहरी चौकीबाट पुगेको प्रहरीले नियन्त्रणमा लिएको छ। सहचालक कमल हितानको हात भाँचिएको छ। अर्का एक घाइतेको पनि नाम खुलेको छ। हुला गाउँकै फर्श बहादुर थापा घाइते रहेका छन्। स्मरण रहोस् त्यसै हुला गाउँमा गत वर्ष बाग्लुङ्गमा कुल पुजा गर्न हिँडेका १६ जनाको जिप दुर्घटनामा परी ज्यान गएको थियो।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...