News Portal

  • मोरङका नमूना सहकारीले सर्वसाधारणले बचत गरेको ७ करोड हिनामिना

    हिमालीसंचार संवाददाता
    ३३६ पटक

    रबिन्द्र बराल/मोरङ– मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको ७ करोड रुपैँया सञ्चालन समितिले  हिनामिना गरेको सार्वजनिक भएको छ ।

    लामो समयदेखि संस्थाका पाँचजना सदस्यहरुको मिलेमतोमा सहकारीको लेखा प्रणालीलाई नै अव्यवस्थित बनाएर रकम हिमामिना गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन। 

    धनपालथान गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गुलाबचन्द मण्डल सहकारीका अध्यक्ष समेत रहेका छन भने  धनपालधान–१ का अध्यक्ष जनकलाल चौधरी लेखा समिति संयोजक रहेका छन । लेखा समिति संयोजक चौधरी सहकारीका पूर्वअध्यक्ष एवम् १२ वर्षदेखिका संयोजक समेत रहेका थिए । उक्त सहकारी समितिले २०६२ सालदेखि नै सहकारीले नियम अनुसार हिसाब किताब नराखेको त्रुटी फेला पारेको थियो । 

    अहिले दैनिकी सहकारी मा रकम लिनका लागि स्थानीयहरु पुग्ने गरेता पनि आफुले बचत गरेको रकम समते नपाएको गुनासो गरिरहेका छन। आफुले खाई नखाई गरेर रकम जम्मा गरे तर अहिले आफुलाई समस्या पर्दा सहकारीमा पैसा लिन जाँदा सहकारीका अध्यक्ष पन्छिन खोजेको स्थानीय सदस्य सरस्वती शाहले  बताईन  ।

    सर्वसाधारणले आफुले बचत गरेको रकम फिर्ता लिनका लागि गत चैत्र महिना देखि पहल गरिरहेको भएता पनि वचत कर्ताहरुले भने अहिलेसम्म कुनै रकम नपाएको र छोरीछोरीका बिवहाका लागि  बारम्बार पैसा लिन सहकारी पुग्दा रित्तै हात फर्किनु परेको कन्चा मंण्डले बताईन । 

    उनको उक्त सहकारीमा ९ लाख रुपैयाँ बचत गरेको उनले बताईन । उनीहरु त एक पात्र मात्रै हुनु उनी जस्तो सयौं सदस्यले उक्त सहकारीमा एक जना बराबर ३० लाख रुपैयाँ सम्म सहकारीमा  रकम जम्मा गर्न गरेको सदस्यहरुले बताए । कन्चन चौधरीले समेत उक्त सहकारीमा २ लाख बरावर रकम जम्मा गरेका छन् ।  

    उनको छोरा विरामी भएको पनि महिनौ दिन बितिसक्यो रकम अभावले उपचार समेत हुन नसकेको र बुहारी समेत सुत्केरी हुने समय भयो सहकारीमा बचत गरेको रकम निकाले र छोराको उपचार र बुहारीलाई सुत्केरी गराउन सहज हुन्छ कि भनेर महिना दिन देखि उक्त रकम लिन जादा सहकारीका प्रतिनिधिहरुले दैनिकी आलटाल गरि आफुलाई बचत गरेको रकम समेत नदिने गरेको कन्चनले बताईन ।

    संस्थाका अध्यक्ष गुलावचन्द मंण्डल २०७१ साल देखि सहकारीमा अध्यक्ष भएको हुनाले आफू संस्थामा आउनु भन्दा अगाडिका सन्चालक समितिका व्यवस्थापकहरुले रकम हिना मिना गरेको र निक्षेपकर्ताको रकम जग्गा बिक्री गरेर भएपनि फिर्ता गर्छु, सहकारीका अध्यक्ष एवम् धनपालधान गाउँपालिका–३ का अध्यक्ष समेत रहनु भएका मण्डलले भने: “मैले कुनै हिनामिना नगरेको समेत बताए। अहिले सहकारीको खातामा कुनै पैसा नभए र साधारणसभा र स्थापना काल देखि पुनः अडिट नभए सम्म  संस्थाले सदस्यहरुलाई कुनै रकम दिन नसकिने गुलाव चन्दले बताए ।

    त्यसैगरी  सहकारीले आफ्ना १२ वटा सटर भाडामा लगाएर वार्षिक ४ लाख र त्यस बाहेक ८ लाख रुपैँया आन्तरिक आय गर्दै आएको छ । तर, त्यसको समेत हिसाब नभेटिएपछि तत्काल कारवाहीका लागि सिफारिस गरिएपनि अहिलेसम्म कारवाही नगरिएको स्थानीय राजेन्द्र मण्डलले बताए ।  गाउँपालिकाले सहकारीमा अनियमितता गर्नेलाई संरक्षण गरेको भन्दै  स्थानीयसहित गाउँपालिकामा प्रदर्शन गरेको थियो ।

    गाउँपालिकाका सह–इन्चार्ज राजेन्द्र मण्डलका अनुसार तत्काल स्थानीयले अहिलेसम्म बचत गरेको रकम फिर्ता हुनुपर्ने एक सुत्रीय मागसहित सहकारीमा भ्रष्टचार गर्नेहरुलाई कारवाहीको माग राखेका छन् । नेकपा गाउँपालिका अध्यक्ष सुकदेव यादवसहितको टोलिले बुधबार ज्ञापनपत्र समेत बुझाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal