News Portal

हङकङमा आज ८५ जनामा कोरोना संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
३७१ पटक

युवा राई/हङकङ – हङकङमा आज बुधवार थप ८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।केन्द्रका अनुसार संक्रमितहरुमा ८४ स्थानीय र १ जना आयातित रहेका छन्। यो तीन महिनाभित्र सबैभन्दा ठूलो आँकडा हो। यससंगै, हङकङमा कोरोना संक्रमितको संख्या ५,८६७ पुगेको छ।

हङकङमा आज पनि थप ६० भन्दा बढी प्रारम्भिक केसहरू थपिएका छन्। ६३ जना डान्स क्लवबाट संक्रमित भएका छन्। यससंगै यस समुहमा संक्रमित हुनेको संख्या २५० पुगेको छ। ६८ जना स्थानीय संक्रमित पुराना केससंग जोडिएका छन् भने १६ जना संक्रमितको संक्रमणको स्रोत खुल्न सकेको छैन। आयातित १ जना बेलायतबाट हङकङ आएका रहेका छन्।

केन्द्रका अनुसार ५,२९५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३४९ जनाको उपचार भइरहेको छ। ७ जना कोरोनाका विरामीको अवस्था भने गम्भीर रहेको जनाइएको छ। हालसम्म कोरोनाका कारण हङकङमा १०८ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...